aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

एलन मस्क बने विश्वकै दोस्रो धनी, एक वर्षमै थपियो १ खर्ब डलरबढी सम्पति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
एलन मस्क बने विश्वकै दोस्रो धनी, एक वर्षमै थपियो १ खर्ब डलरबढी सम्पति

एजेन्सी । टेस्लाका को फाउन्डर एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गेट्सलाई पछि पार्दैं विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् । 

ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षका इलन मस्कको सम्पती १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर  भन्दा बढी सम्पती थपिएको छ ।   

टेस्लाको मार्केट भ्याले ५०० अर्ब डलर नजिक पुगेको छ । गत हप्तामात्रै मास्कले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई उछिनेका थिए । गत जनवरीमा मस्क अर्बपतिको सूचीमा ३५ नम्बरमा थिए । 

प्रतिक्रिया दिनुहोस