
काठमाडौं । निजी क्षेत्रका यद्यमी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी साधारण सभा भोलि बिहीबार ११ गतेदेखि शुरु हुँदैछ । साधारणसभाको दिन नजिकिएसँगै महासंघमा उम्मेदवारी दिएका तथा मतदातासम्ममा समेत चुनावी रौनक छाएको छ ।
चुनावी नजिता आफ्नो पक्षमा पार्न महासंघको वरिष्ठ उपाध्यक्षका लागि उद्यमी द्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान प्यानलसहित चुनावी मैदानमा भिडिरहेका छन् । महासंघको विधानले गरेको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान छ र सोही अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दैछन् ।
महासंघको ५४ औं वार्षिक साधारणसभाले चयन गर्ने नयाँ कार्यसमितिमा सबैभन्दा बढी प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षको लागि हुने देखिएको छ । ढकाल र प्रधान दुबैले आफ्नो बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ढकाल र प्रधानबीचको यो प्रतिस्पर्धामा दुबै जना डिस्टिङ्श ल्याएर आफू उत्तिर्ण हुने दावी गरिरहेका छन् । त्यो त भोलि चुनावी परिमाणले देखाउला ।
लामो समय महासंघको अनुभव सङ्गालेका प्रधान र उद्यमी व्यवसायीहरूका साथै सरकारको समेत साथ र सहयोग पाएका ढकालबीच हुने यो प्रतिस्पर्धा निर्वाचनको भन्दा केही भिन्नता भएपनि त्यति धेरै अन्तर भने देखिदैन । वरिष्ठ उपाध्यक्षका दावेदार ढकाल र प्रधानले आफ्नोतर्फबाट मतदातालाई पक्षमा पार्न विभिन्न लोभ लालस देखाउनेसम्मको काम भएका छन् । दुबै उम्मेदवार र उनीहरूको प्यानल नै देश दौडाहा सकेर यतिबेला मतदाता फकाउन लागि परेका छन् ।
वरिष्ठ उपाध्यक्षका उमेदवारमध्ये ढकाललाई पूर्वअध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, डिवी बस्नेतलगायतका व्यवसायीको साथ छ भने प्रधानलाई पूर्व अध्यक्ष कुशकुमार जोशी, पशुपति मुरारका तथा आगामी अध्यक्ष गोल्छाको साथ र सहयोग रहेको छ । । प्रधान पूर्वअध्यक्षहरुको साथले चुनाव जित्ने विश्वासमा छन् भने ढकाल आफ्नो रवाफ, ठाँट र बजारले पत्याएका उद्यमीलाई चाहिएको बेलामा जुनसुकै हिसावले सहयोग गर्न सक्ने व्यक्तिको रुपमा उभिएका छन् ।
ढकालको प्यानलमा जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिएका भने प्रधान प्यानलबाट उपाध्यक्षमा जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षतर्फ सौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।
मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने साधारणसभा र निर्वाचनबाट चयन हुने ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिको सूचना अनुसार दुई पदमा निर्विरोध चयन भएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघको एक सदस्यमा नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्सबाट सन्दीप अग्रवाल र प्रदेश नं १ लाईको एक सदस्यमा मोरङ व्यापार संघबाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । बाँकी ६२ पदका लागि निर्वाचन हुनेछ ।
एफएनसीसीआई सचिवालयद्वारा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । सोमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।
यसैगरी वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने द्विराष्ट्रिय उद्योग वाणिज्य संघका १२ वटा सदस्य छन् । एसोसिएटतर्फ पनि ९ सय २३ र संस्थापक सदस्य तथा संघ र संस्थाहरुको तर्फबाट १२ मत छ ।
प्रतिक्रिया दिनुहोस