aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भाषण गर्दागर्दै थप्पड खाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
भाषण गर्दागर्दै थप्पड खाए

कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ । गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा यो घटना भएको हो ।

पटेलले भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई अनायास थप्पड हानेको भिडियो फुटेज टेलिभिजनहरुले देखाएका छन् । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ । पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए । 

कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् । कानूनी अवरोधका कारण उनी कांग्रेसबाट चुनाव लड्न भने पाएनन् ।


 

प्रतिक्रिया दिनुहोस