aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
महासंघ चुनाव

‘साथीहरूले मलाई विश्वास गरेर जिताउनु हुन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० मंसिर २०७७
‘साथीहरूले मलाई विश्वास गरेर जिताउनु हुन्छ’

कृषि, पशु, खाद्य, रियल स्टेट तथा बैकिङ क्षेत्रमा लगानी रहेका आनन्द बगरिया निम्बस होल्डिङ्स प्रालिका प्रवन्ध निर्देशक हुन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उनले  किशोर प्रधानको प्यानलबाट एसोसिएट सदस्यमा उम्मेदवारी दिएका छन् । उनै बगरियासँगै चुनावी तयारीका विषयमा आर्थिकन्यूजले गरेको चुनावी वहसः 

तपाईको चुनावी तयारी कस्तो छ ? 
चुनावमा त रिजल्ट नआन्जेलसम्म थाहा हुँदैन । तयारी भइरहेको छ । सबै मतदाता साथीहरू विवेकी हुनुहुन्छ । उहाँले अवश्य पनि सक्षम नेतृत्व चाहनु हुन्छ भन्नेमा म विश्वस्त छु । 

अहिलेको चुनावमा मेरो उम्मेरदवारी भनेको महासंघमा एउटा पोजेटिभ माहोल बनाउन भन्नु नै हो । अहिले पनि हामीले पोजेटिभ रुपमा नै रहेर चुनावको तयारी गरिरहेका छौं । म कृषिसँग जोडिएको हुनाले हाम्रो उदेश्य भनेको कृषि र उद्योगलाई जोड्ने भन्ने हो । कृषि र उद्योगलाई समन्वय गर्नुपर्ने देखिएको छ । कृषि र उद्योगलाई जवसम्म एक्कै ठाउँमा जोडेर हेरिदैन, तबसम्म कृषिका नारा लिएरमा कृषि क्षेत्र अगाडि बढ्न सक्दैन । 

अहिले सरकारदेखि सबै निजी क्षेत्रले समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषिको नारा बोकेर हिडेको देखिन्छ । कृषि क्षेत्रलाई अगाडी बढाउनका लागि उद्योगसँगको समन्वय अपरिहार्य छ । सरकारले कृिष र उद्योगलाई फरक फरक तरिकाले प्राथमिकतामा राखेको छ । कृषिी र उद्योगलाई हामीले जबसम्म सँगै राख्दैनौ तबसम्म कृषि क्षेत्र उकालो लाग्छ जस्तो लाग्दैन । हामीले बारम्बार देखिरहेका छौ कि कहिले बजार माग अनुसार उत्पादन हुँदैन त कहिले उत्पादन भएकाले बजार पाउँदैन । त्यसैले कृषि र उद्योगलाई एकै थलोमा ल्याउन एकदमै जरुरी छ । 

कृषि क्षेत्रमा ठूला लगानी गरेका व्यवसायी यसअघि महासंघमा प्रवेश कमै मात्रामा थियो । कृषि क्षेत्रको उत्थानमा लाग्नु भएको तपाईले महासंघको एसोसियट सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपार्ईको ठोस योजना के के छन् ?  

ठोस योजना भन्दा पनि सिद्धान्तको कुरा हुन्छ । अवसर कृषि क्षेत्रमा छ । नेपाल उद्योग महासंघ एउटा गरिमामय संस्था हो । हामी उद्यमीको लागि ठूलो प्लेटफर्म हो । यसमा म सदस्य बनेपनि सम्बन्धित निकायसँगको समन्वयमा ठोस योजना सबैसँग मिलेर बनाउनु पर्ने हुन्छ । योजना म आफूले मात्र बनाउने होइन समन्वय गरेर योजना बनाउँदा उत्तम र प्रभावकारी हुन्छ । त्यसैले हामीले बारम्बार भनिरहेका हुन्छौ कि निर्यात प्रर्वद्धन गर्दै आयातलाई प्रतिस्थापन गर्न सक्नु पर्छ । निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न सरकारसँग समन्वय गरेर अगाडि बढ्ने छु । 

तपाईले हेर्दा महासंघभित्र के कस्ता कमी कमजोरी देख्नु भएको छ ?

जुनसुकै संस्थामा पनि सुधार गर्नुपर्ने कुराहरु मलाई डाइनामिक विषयहरू हुन् जस्तो लाग्छ । स्टेक होल्डरलाई अगाडि ल्याएर अगाडि बढ्नु पर्छ भन्ने हो । उहाँहरुबाट कमिटमेन्ट लिनुपर्यो  र व्यापार प्रवद्र्धन तिर लाग्नु पर्यो । व्यापार व्यावसाय प्रवद्र्धन गर्दा कुनै नियम कानुन बाधक छ भने सरसल्लाह गरेर समयसापेक्ष बनाउनु पर्छ । 

महासंघमा राजनीति हुनु पनि नराम्रो होइन तर, त्यो राजनिति आईडोलोजीमा हुनुपर्छ । व्यक्तिबाजी हुनु भएन । कसैको स्वार्थमा प्रयोग हुुनु भएन । एउटा व्यापारी तथा व्यवसायी जहिले पनि उसको क्षेत्रको ग्रोथ भएको हेर्न र अनुभव गर्न चाहन्छ । क्षेत्रगत रुपमा ग्रोथ भयो भने व्यक्तिगत व्यवसायको पनि स्वतः ग्रोथ भइहाल्छ । 

एजेण्डा बिहिन राजनिति गर्नु भएन । महासंघमा भएको राजनितिकरणलाई कमी कमजोरी भन्न मिल्दैन । यसले एउटा लिडरसीपले चेञ्ज गर्न सक्छ । महासंघ ठूलो कमिटि हो ।  सानोतिनो कुरामा हामी लाग्नु हुँदैन । भएका कमी कमजोरीलाई सच्याएर अगाडी बढ्नु पर्ने हुन्छ । 

तपाईले यो प्यानल रोजेर उम्मेदवारी दिनुको खास कारण के हो ? 

यो प्यानल त्यो प्यानल भन्दा पनि आईडोलोजी मिल्नेसँग सहकार्य मिल्ने हुने हो । अहिले यो प्यानल त्यो प्यानल भने पनि चुनाव सकिएपछि हामी सबै एउटै हौं । हामी हरेक क्षेत्रका १० वर्षे रणनिति योजना लिएर अगाडि बढिरहेका छौं ।  

तपाईले लगानी गर्नु भएको क्षेत्रमा कतिको सन्तुष्ट हुनुहुन्छ ? 

मैले जुन क्षेत्रमा लगानी गरेको छु यो क्षेत्रमा धेरै अवसरहरू छन् । अवसरहरूकै बीच काम गर्न सकियो भने आँखा लगाउनुपर्ने जरुरी छैन । यसको मतलव एकदमै सन्तुष्ट छु भन्ने हो । 

निजि क्षेत्र विकास अनुसन्धान केन्द्र भनेर एजेण्डामा समावेस गर्नु भएको छ । यो कुन कन्सेप्टमा ल्याइएको हो ? 

कुनै पनि काम गर्नका लािग रिसर्च त गर्नै पर्यो । मेरो मात्र धारण नभइ सबैको धारणलाई एकमुष्ट बनाउनु पर्योे । यसका लागि पनि व्यापारीको आइडिया चाहिन्छ । यसको रिसर्च गर्नका लागि एउटा टिम चाहिन्छ । जुन १० वर्षे योजना बनाइएको छ यसलाई समय अनुकूल परिवर्तन पनि गर्दै जानुपर्ने हुन्छ । भोलिका दिनमा नयाँ परिस्थिति सिर्जना हुँदैन भन्ने त छैन । जुन परिस्थिति आइपर्छ । त्यसलाई हामीले कति छिटो अगाल्न सक्छौ भन्ने हुन्छ । यो सबै होमवर्कबाट आउँछ । यसलाई व्यवस्थित रुपमा अगाडि बढ्नका लागि निजि क्षेत्र विकास अनुसन्धान क्षेत्र भनेर एजेण्डा ल्याइएको हो ।  
  

प्रतिक्रिया दिनुहोस