
काठमाडौं । सरकारले बिहीबार दिउँसो सार्वजनिक गरेको निर्णयको मसि सुक्न नपाउँदै फिर्ता लिएको छ । यातायात व्यबस्था विभागले विहीबार सार्वजनिक गरेको सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।
विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै निर्णय फिर्ता गरेको विभागले जनाएको छ ।
सरकारले चक्रपथ भित्र मालवहाक सवारी साधन चल्न रोक, उपत्याकामा रात्री बस सञ्चालन र सार्वनिक सवारी साधनको भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस