aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाविरुद्धको खोप नआएसम्म दिल्लीका विद्यालय बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
कोरोनाविरुद्धको खोप नआएसम्म दिल्लीका विद्यालय बन्द हुने

एजेनसी । भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो । 

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, “जहिलेसम्म खोप आउदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।”कोरोनाविरुद्धको खोप नआउदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनले स्पष्ट पारे। 

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् । कोरोना भाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो । भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ । 

तुलनात्मक रुपमा कोरोना भाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस