aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एफएनसीसीआईको साधारणसभा आजदेखि सुरु हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७
एफएनसीसीआईको साधारणसभा आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आजदेखि सुरु हुँदैछ । साधारणसभाको खुला सत्र अन्तर्गत बिहान ११ः३० बजे जुमबाट भर्चुअल रुपमा महासंघको साधारणसभा हुनेछ । उक्त साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । त्यस्तो प्रत्यक्ष प्रसारण फेसबुक, एभिन्यूज टेलिभिजन र न्यूज–२४ टेलिभिजनबाट समेत प्रत्यक्ष रुपमा हेर्न सकिने व्यवस्था गरिएको महासंघको ५४ औं साधारणसभा आयोजक समितिले जनाएको छ ।

शुक्रबार बिहानदेखि भने साधारणसभा अन्तर्गत बन्दसत्र सुरु हुनेछ । वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित भएपछि बन्द सत्र अन्तर्गत महासंघको निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ३ वटा छुट्टाछुट्टै स्थानबाट मतदान गर्ने  व्यवस्था गरिएको छ जसअनुसार जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहका मतदाताहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएट सदस्यहरुलाई बबरमहलको कार्की ब्यांक्विट र वस्तुगत समूहहरुलाई नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय टेकुबाट मतदान गर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमित मतदाताले पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाट मतदान गर्न सक्नेछन् ।  

महासंघको निर्वाचनमा कुल ६२ पदका लागि १ सय २१ जनाको प्रतिस्पर्धा हुनेछ । २ वटा पदमा निर्विरोध भएको र ४ जनाले उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवार संख्या १ सय २१ मा झरेको हो । 
 

प्रतिक्रिया दिनुहोस