aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

‘उसले दिएको  शेयरमा चित्त नबुझाउँदा ज्यान मार्ने धम्की आयो’ (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ मंसिर २०७७

काठमाडौं । बुधबार ३ः०० बजेतिर एउटा फोन आयो,  आर्थिकन्यूज डटकमको अफिस कहाँ निर पर्छ भनेर । साथीले पुरानो बानेश्वरको एपेक्स कलेज अगाडिपट्टी अम्बिका बासुकी मार्ग छ, त्यहिबाट ५० फिट अगाडि पर्छ भनेर जवाफ दिनु भयो । 

त्यसको १० मिनेटमा ६० दशकमा टेक्दै गरेका एक अन्जान व्यक्ति कार्यालयमा प्रवेश गरे भने ‘म अन्यायमा परे हजुर मलाई सहयोग गरिदिनुस् ।’ उनको एउटा हातमा हेलमेट र अर्को हातमा फाइल थियो । हामीले सवविस्तार उनको कुरा बुझ्ने चेष्ठा गर्यौ । उनी रहेछन् । सिद्धार्थ ग्यास उद्योगका सञ्चालक रमेश अग्रवाल । 

उनले भने ‘मेरो ८÷९ वर्षको मेहेनत र करोडौं रुपैयाँ रामचन्द्र संघईले हडपेर मलाई बेघर र बेकामी बनायो । विरामी छु । राम्रो उपचार समेत गर्न सकिरहेको छैन ।’ मलाई यस्तो अवस्थामा राहत दिनुको सट्टा उल्टो संघईले उद्योगको शेयर समेत हडपेर मैले दिएको  शेयरमा चित्त नबुझाए ज्यान मार्ने धम्की दिएको बताए । संघई एक लुटेरा हुन्। उनले मेरो शेयर आफ्नो धाक र धम्र्कीमा आफ्नो नाममा ल्याएका छन् ।

उनलाई हामीले के के भएको हो तपाई कसरी अन्यायमा पर्नुभयो भनेपछि उनले भने आँखाभरि आसु पार्दै भने भने ‘ यदि विश्व बजारमा नेपाली गलैंचाको माग नखस्केको भए म यो उद्योगमा प्रवेश नै गर्नु पर्ने थिएन । जीवन भरिको कमाइ सिद्धार्थ ग्यास उद्योग प्रालिमा लगाए । उक्त कम्पनीमा म २५ प्रतिशत शेयर(हिस्सा) लिएर गएको हुँ । मैले उमाकान्त भण्डारीको नाममा रहेको २५ प्रतिशत शेयर खरिद गरेर २०६८ मा उद्योगमा प्रवेश गरेको हुँ । त्यति बेला कम्पनीको पुँजी ५२ लाखको थियो । ६ महिना प्रवन्ध निर्देशक भएर कम्पनी चलाए । 

सिद्धार्थ ग्यास उद्योगमा रामचन्द्र संघई दाजुभाइको नाममा ५० प्रतिशत, सुवाष खेताङको नाममा २५ र म र मेरो परिवारको नाममा २५ प्रतिशत शेयर छ ।  संघईको नाममा रहेको ५० प्रतिशत शेयर विरेन्द्र संघई र गोविन्द संघईको नाममा छ भने मेरो २५ प्रतिशत शेयर मेरी श्रीमती रानी अग्रवाल र छोरी अनुज्ञा अग्रवालको नाममा छ । 

दिन रात मेहेनत गरेर मै प्रवन्ध निर्देशक भएको बेलामा भैरहवाको मघौलीमा २ विगाह जमिन उद्योगको नाममा जोडे । धादिङको धार्केमा १५ रोपनी जग्गामा हाम्रो उद्योगको प्लान्ट छ भने ललितपुरको बालकुमारीमा पनि कम्पनीको आफ्नै सम्पत्ति जग्गा छ । 

कम्पनीको वर्षमा अर्बभन्दा बढीको कारोबार हुन्छ । उद्योगको प्रवन्ध निर्देशक हँदा तलव लिएको बाहेक अहिलेसम्म मैले एक पैसा पनि नाफा लिएको छैन। करोडौ रुपैयाँ कम्पनीको नाममा लगाइ सके । सबै उद्योगको पैसा उसले नै मनोमानी हिसावले खर्च गरिरहेको छ । यतिसम्म की उद्योगको साधारणसभामा समेत मलाई भित्र जाँदा मेरो व्यक्तिगत मोबाइल समेत लान दिइएन । 

यसैबीच कम्पनीको प्रशस्त सम्पत्ति हुँदाहुँदै पनि कम्पनीमा २ करोड पुँजी थप गर्ने भनियो । ५२ लाखको हाम्रो कम्पनीको पुँजी २ करोड ५२ लाख पुर्याउने भने पछि  मैले आफूले थप गर्नु पर्ने रकम ५० लाख र ब्याज सहितको चेक दिँदा लिइएन र  कम्पनीको नाममा बैंकमा डिपोजिट गरे । यसको भौचर मसँग सुरक्षित छ । बैंक स्टेटमेन्ट पनि छ । यति गर्दा गर्दै पनि कम्पनी रजिष्ट्रारको कार्यालयले मेरो २५ प्रतिशत शेयर ५ प्रतिशतमा कायम गरिदियो ।

उता पीडक भनिएका उक्त कम्पनीका ५० प्रतिशतका मालिक रामचन्दा संघईले भने ‘कम्पनीमा धेरै पार्टनर हुन्छन् सबैको चित्त बुझाउन सकिदैन । अग्रवालजीले कम्पनीमा हामीबीचको विवादलाई चुवानको बेलामा मलाई बदनाम गराउन यो प्रचारबाजी गर्नु भएको हो ।’

पीडित भनिएका रमेश अग्रवाल सिद्धार्थ ग्यास उद्योगमा संघईका पार्टर भएको स्विकार्दै उनले भने, ‘सिद्धार्थ ग्यास उद्योगमा सञ्चालनका लागि उहाले पनि पैसा हाल्नु भएको हो तर, कम्पनी सञ्चालन गर्दै जाँद कम्पनीमा सञ्चालन खर्च पनि हुन्छ र कम्पनी सञ्चालन गरेपछि फाइदा नै हुन्छ भन्ने पनि हुँदैन त्यो रमेशजीले पनि बुझ्न पर्छ ।’  

मेरो अनुमति बीना सरकारी नियामक कार्यालयबाट समेत मलाई नसोधी अर्थात मेरो राय सल्लाह नै बीना मेरो नाममा रहेको शेयर संघई दाजुभाईको नाममा नाम सारि गरिदिएको छ । मेरो स्वीकृती बीमा कम्पनी रजिष्ट्रारको कार्यालयले मेरो कम्पनीमा रहेको २५ प्रतिशत शेयरको हिस्सालाई ५ प्रतिशत कायम गरिदियो । यसका विरुद्धमा म पुनरावेदन अदालत गए । न्यायलयमा पनि बोलवाला कै चल्छ । अदालतबाट पनि मैले न्याय पाउन सकिन र अहिले उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । 

त्यतिमात्र होइन सिद्धार्थ ग्यास उद्योगमा रहेको सुवाष खेतानको नाममा रहेको २५ प्रतिशत शेयर खरिद गर्नको लागि समेत मैले खेतानलाई शेयरको लागि आवश्यक भन्दा बढी पैसा दिएको छु । त्यो पैसा पनि मैले पाउन सकिन र शेयर पनि मेरो नाममा आएन । अहिले उनी मेरै पैसाबाट अर्को ग्यास उद्योग चलाएर बसिरहेका छन् । 

सिद्धार्थ ग्यास उद्योग प्रालिका अध्यक्ष हुन, रामचन्द्र संघाई । अहिले संघई नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको लागि एसोसियट उपाध्यक्षका रुपमा चन्द्रप्रसाद ढकाल प्यानलबाट उम्मेदवारी दिएका छन् । आफ्नै पार्टनरलाई ठग्ने र ज्यान समेत मार्ने धम्की समेत दिने यस्ता व्यक्तिबाट महासंघमा दिएको उम्मेदवारीबाट कस्तो अपेक्षा गर्न सकिन्छ । यो विचारनीय छ । 

त्यतिमात्र होइन सिद्धार्थ ग्यास उद्योगको भारतीय रुपैयाँ अपचलन र राजस्व छलि गरेको आरोपमा नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले उनलाई छानबिन समेत गरिरहेको छ । संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी नदिएको रमेश अग्रवालको आरोप लगाएका छन् । सीआईबीले समेत संघईलाई यसै विषयमा छानविन गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस