
काठमाडौं । ५३१ जनाले प्रहरी सहायक निरीक्षक (असई) परीक्षा पास गरेका छन् । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार तीन सय ८६ जना खुल्ला र बाँकी एक सय ३५ जना महिला, मधेशी, आदिवासी जनजाति, दलित, पिछडिएको क्षेत्रबाट छनोट भएका छन् ।
प्रहरी प्रधान कार्यालयले गत असोज १५ गतेको विज्ञापन अनुसार असईको प्रतिष्पर्धामा भाग लिएकामध्ये पाँच सय ३१ जनाको नाम विहीबार साँझ सार्वजनिक गरेको हो ।
परीक्षामा उतिर्ण सबै परिक्षार्थीलाई आगामी असार ११ गते बुधबार विहान ११ बजे प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्न भनिएको छ । उतिर्ण परीक्षार्थीले चार प्रति पासपोर्ट साईजको फोटो र शैक्षिक प्रमाण पत्रको २ प्रति फोटोकपिसहित उपस्थित हुन भनेको छ ।
हेर्नुहोस पास भएको नामावली
प्रतिक्रिया दिनुहोस