काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन् ।
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरडाँडामा पुगेका सरकारी अधिकारीबाट खोेसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर दुरबिन कब्जामा लिएका हुन् ।
जेठ ७ गते लौरेडाँमा पुगेका सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो । आजको नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस