aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महासंघको निर्वाचन  सम्पन्न, शतप्रतिशत मत खस्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ मंसिर २०७७
महासंघको निर्वाचन  सम्पन्न, शतप्रतिशत मत खस्यो

काठमाडौं । उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए । शनिबार बिहान ८ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । 

महासंघको चुनावका  वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा अन्यको भन्दा चर्चा हुने गरेको छ । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण पनि मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदको चुनाव भएको हो । 

महासंघको चुनावमा एसोसिएटबाट ९०४ प्रतिनिधिले मतदान गरेका छन् । निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघकातर्फबाट १०५ जना प्रतिनिधिले मतदान गरेका छन् भने वस्तुगततर्फबाट १०१ जनाले मतदान मतदान गरेका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट ६ जनाले मतदान गरे । महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २१ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्लारनगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।
महासंघको नेतृत्व चयनका लागि ६२ पदका लागि १२७ जना चुनावी मैदानमा लडिरहँदा कुल ६२ पदका लागि १ हजार १ सय ५७ जनाले मतदान गर्ने भएका छन् ।

महासंघको कार्यकारिणी पदका लागि हुने निर्वाचनबाट ६४ पद जना पदाधिकारी चयन हुनेछ । निर्वाचन समितिको सूचना अनुसार दुई पदमा निर्विरोध चयन भएको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघको एक सदस्यमा नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्सबाट सन्दीप अग्रवाल र प्रदेश नं १ को एक सदस्यमा मोरङ व्यापार संघबाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । बाँकी ६२ पदका लागि निर्वाचन हुनेछ ।

जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 


। पछिल्लो समय ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका कारण र दुई जना निर्वरोध निर्वाचित भएकाले १२१ जना चुनाव चुनवी मैदानमा उत्रिएका छन्  । 

जस मध्येबाट १ वरिष्ठ उपाध्यक्ष, ३ विषयगत उपाध्यक्ष, ७ प्रदेश प्रतिनिधि सदस्य, १८ जिल्लारनगर सदस्य, १४ वस्तुगत संघ सदस्य, १९ एशोसिएट सदस्य, २ द्विराष्ट्र सदस्य र १ संस्थापक सदस्य गरी कुल ६४ पदाधिकारी निर्वाचित भएर आउने छन् ।
 

प्रतिक्रिया दिनुहोस