aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महासंघ निर्वाचनः पुष्पराज कुँवर र जमसेद मिया विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ मंसिर २०७७
महासंघ निर्वाचनः पुष्पराज कुँवर र जमसेद मिया विजयी

काठमाडौं । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन् । निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । कुँवरले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा कपिलवस्तुका जमसेद मिया विजयी भएका छन् । महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मिया चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष पनि हुन् । उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस