
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई निर्वार्चित गरेको छ । महासंघको कुल ११०० सय मतमा ढकाल ६३३ (५४.२६ प्रतिशत) मत ढकालको पक्षमा खसेकाले ढकाल विजय भएका हुन् ।
जिन्दगीको अनगिन्ती अप्ठ्यारो मोड पार गर्दै आएका ढकाल अहिले नेपाली उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बनेका छन् । महासंघको विधानअनुसार उनी आगामी कार्यकाल अर्थात ३ वर्षपछि सो त महासंघको अध्यक्ष बन्नेछन् ।
बाग्लुङको विकट गाउँ बलेवा, अमलाचौरमा जन्मिएका ढकालले कहिले नथाक्ने गरी निरन्तर गरेको महेनत, परिश्रम र आफ्नो परिवारप्रतिको दायित्वका कारण यो फल प्राप्त गरेको बताउँछन् । उनको यो यात्रा महासंघमा मात्र सीमित रहने देखिदैन । ६ वर्ष महासंघ हाकिसकेपछि उनमा जीवनलाई अर्कै मोडमा प्रवेश गराउने उच्च अभिलाशा पनि छ ।
ठूलो सपनाभन्दा पनि पारिवारिक सुख र शान्तीका लागि काठमाडौं आएका ढकालले पढाइका साथै पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजबाट जागिरे जीवन शुरु गरेका हुन् । किशोर अवस्था मै पारिवारिक दायित्वले थिचिएका ढकालले राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले । वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गरे ।
वाणिज्य बैंकमा कार्यरत छँदा नै उनले २०४८ तिर कोल्ड स्टोर चलाए र त्यसपछि कार्गो व्यवसायमा हात हाले । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणका लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै बैंक प्रशासन पन्छियो र उनले त्यतिबेला राजिनामा दिएर ऋण लिए र आफ्नो व्यवसायलाई अगाडि बढाए ।
२०४८ तिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिए । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले नदिने भए जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै पन्छियो ।
१० महिनामा केही पैसा कमाए पनि । नेपालको काम भाइ रामुले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । त्यसपछि चन्द्र अमेरिका नगइ नेपाल फर्किए । हरेक नेपालीको घरघरमा रेमिट्यान्स पुर्याउने आईएमई अहिले सबै नेपाली सामु परिचित छ ।
उनी आईएमई गु्रपको संस्थापक हुन् भने देशकै ठूलो बैंक ग्लोबल आईएमई बैंकका अध्यक्ष हुन् । ढकालले जिन्दगीमा योजनावद्व सोच र आँटका साथ मिहेनत गरिरहे । अहिले उनीसँग दर्जन उद्योग व्यवसाय छन् र हजारौले रोजारी पाइरहेका छन् । उनको यो मेहनत र परिश्रमले उनलाई आज यो सफलतामा मिलेको हो ।
अहिले उनी महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेपछि प्यानल तोडेर समग्र उद्योग व्यवसाय र व्यवसायीका लागि एकजुट भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस