aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ट्रम्पलाई अर्को धक्का, धाँधली भएको भन्दै दायर गरिएको अर्को मुद्दा पनि खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
ट्रम्पलाई अर्को धक्का, धाँधली भएको भन्दै दायर गरिएको अर्को मुद्दा पनि खारेज

एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचनको क्रममा हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध दायर गरिएको मुद्दा खारेज गरिएको छ । उनको पक्षले हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध नै मुद्दा हालेका थिए। तर अदालतले त्यस्तो प्रकारका मुद्दा फेरि हाल्न नपाउने गरी खारेज गरिदिएको हो।

पेन्सिलभेनियाराज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ शनिबार राति यस्तो फैसला गरेका हुन्। पेन्सिलभेनियाका महान्यायाधिवक्ताले शनिबार राति ट्विट गर्दै प्रजातन्त्रका लागि यो अर्को जित भएको उल्लेख गरेका छन्।

यसअघि संघीय पुनरावेदन अदालतले पनि पेन्सिलभेनियाको नतिजाविरुद्ध ट्रम्प पक्षले हालेको मुद्दा खारेज गरेको थियो। उनका प्रतिस्पर्धी जो बाइडेनले बहुमत प्राप्त गरेर देश विदेशबाट बधाई पाइसकेका भए पनि ट्रम्पले चुनावमा धाँधली भएको भन्दै कानुनी लडाइँ जारी राखेका हुन्।

प्रतिक्रिया दिनुहोस