aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चट्याङको झिल्कोले पुरै गाउँ सखाप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
चट्याङको झिल्कोले पुरै गाउँ सखाप

बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् । 

स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो । 

मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी चौकी खडैँचाबाट प्रहरी सहायक निरीक्षक कवीन्द्र कठायतको नेतृत्वमा पाँचजनाको टोली खटिएको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस