
रसुवा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक निर्माणको काम कछुवा गतिमा भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाइको सडक निर्माण मुआब्जा विवाद र पोल सार्न ढिलाइ हुँदा स्तरोन्नतिको काम सुस्त भएको आयोजनाको भनाइ छ ।
तीन चरणमा विभाजन गरेर काम सुरु गरिएको साढे दुई वर्ष वितिसक्दा पनि सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएको छैन् । सडक निर्माणमा देखिएका अवरोधका चाङले तोकिएको मितिमा यो सडक निर्माण हुने सम्भावना टर्दै आएको छ ।
धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्मको सडकमा अहिले ४६ किमि दूरीसम्मको काम भइरहेको छ । केही ठाउँमा कालोपत्रे गरिसकेको छ भने कुनै ठाउँमा सडकको दायाँबायाँ पर्खाल लगाउने कार्य भइरहेको छ ।
सडक निर्माण २१ महिनाासम्म सम्पन्न गर्ने गरी २०७३ कात्तिक २२ मा सम्झौता भएर पुस १ गतेदेखि सडकको स्तरोन्नति तथा विस्तारको काम सुरु गरिएको थियो । तर सोचे जस्तो उपलब्धि हाँलिस गर्न नसकेपछि ६ महिना थप गरी २७ महिनाभित्र अर्थात २०७५ फागुन ५ भित्र काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस