aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अर्थमन्त्री पौडेलको संसद विकास कोषको ४ करोड स्वास्थ्य क्षेत्रमा खर्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
अर्थमन्त्री पौडेलको संसद विकास कोषको ४ करोड स्वास्थ्य क्षेत्रमा खर्च

काठमाडौं । कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यकता देखिएपछि अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोषको चार करोड रकम स्वास्थ्य क्षेत्रमा लगाएका छन् । रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथ संघीय अर्थमन्त्री पौडेलले गत वर्ष संसद विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका पौडेलले यो वर्षको संसद विकास कोषको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका हुन् । 

विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड र पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम अन्तर्गत  सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ ।

त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन गर्न बुटवल उपमहानगरपालिका वडा नं. ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं १२ लाई १ करोड ५० लाख छुट्याइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस