aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिकन्दर चिन्न प्रहरीलाई सकस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
सिकन्दर चिन्न प्रहरीलाई सकस

काठमाडौं । भारतीय जाली नोट तस्करी प्रकरणमा युनुस अन्सारी पुरानो नाम होइन । लामो समय जेल बसेर धरौटीमा रिहा भएको दुई वर्षदेखि अन्सारी फेरि पुरानै धन्दामा लागेको आरोपमा पक्राउ परेका छन् । पछिल्लोपटक अन्सारी पक्राउसँगै प्रहरीले उनको ग्याङमा को को छन् भनेर खोतल्न संगठीत अपराधअन्तर्गत पनि अनुसन्धान सुरु गरेको छ ।

२०७४ फागुन २ गते धरौटीमा रिहा भएका अन्सारी जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार जाली नोट लिन विमानस्थल पुग्दा पक्राउ परे । उनले भारतीय जाली नोट तस्करीमा आफू संलग्न रहेको स्वीकार गरेका छन् । 

उनले पाकिस्तानमा रहेका गुप्त नामधारी सिकन्दरसँग मिलेर नक्कली भारतीय नोटको कारोबार गर्दै आएको भए पनि सिकन्दरबारे नेपाल प्रहरी अन्योलमा छ ।

'यो नाम धेरै पटक आए पनि हामीले सिकन्दरबारे कुनै तथ्य प्रमाण फेला पारेका छैनौं । हामीसँग विभिन्न चरणमा पक्राउ परेका व्यक्तिहरुको बयानबाहेक अरु तथ्य छैन्' विशेष ब्यूरोका एक अनुसन्धान अधिकृतले भने ।

उनका अनुसार कुबेतको एक बुटिक पसलमा काम गरिरहेकी बानोजुल जुलेखालाई सिकन्दरले भरियाका रुपमा प्रयोग गरी नेपाल पठाएपछि सिकन्दर र अन्सारीको सम्बन्ध खुलेको थियो । तर सिकन्दरबारे प्रहरी अनविज्ञ छ । आजको नागरिक दैनिकमा समाचार छ । 

 

प्रतिक्रिया दिनुहोस