
विराटनगर । ढुवानीमा प्रयोग गरिने खाली गाडी विराटनगरको जोगवनी नाका हुँदै भारत प्रवेशमा रोक लगाइएको छ । भारतीय सुरक्षा बल (एसएसबी) ले जामका कारण जोगवनी बजार क्षेत्र अस्तव्यस्त बनेको भन्दै प्रवेशमा रोक लगाएको हो । जोगवनीबाट २० किलोमिटरको दूरीमा रहेको फरवेशगन्जसम्म पुग्न ६ घण्टा भन्दा बढी समय लाग्न थालेको एसएसबीको दाबी छ ।
अररिया जिल्ला डीएम वैद्यनाथ यादवले जोगवनी नाकाबाट खाली सवारीसाधान नपठाउन मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई आग्रह गरेका छन् । माथिको आदेश भन्दै नाकामा गाडी प्रवेशमा रोक लगाएपछि बिहीबार दिनभर नाका ठप्प रह्यो ।
ती साधान नेपाल प्रवेश गर्न नपाउँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित भएको भन्सारका सूचना अधिकारी मनिराम पौडेलले बताए । भन्सारको मुख्य नाका नै ठप्प हुँदा साँझसम्म पनि माहबाहक सवारी साधन नेपाल भित्रिएनन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस