aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बीपी प्रतिष्ठानमा आन्दोलन, सेवा प्रभावित

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, १५ मंसिर २०७७
बीपी प्रतिष्ठानमा आन्दोलन, सेवा प्रभावित

काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै इन्टर्न डाक्टरहरू आइतबारदेखि आन्दोलित भएका छन् ।

इमर्जेन्सीबाहेक सबै विभागमा नियमित काम छाडेर धर्नामा बसेपछि ओपीडी र वार्डहरूमा नियमित सेवा प्रभावित भएको छ । आन्दोलित इन्टर्नहरूले नारा र माग लेखिएको प्लेकार्ड बोकेर उपकुलपति प्रा.डा. ज्ञानेन्द्र कार्कीको कार्यकक्ष परिसरमा धर्ना दिएका छन् ।

२०७६ जेठ २९ गते प्रतिष्ठानका पदाधिकारी र इन्टर्न चिकित्सकबीच भएको सहमतिअनुसार सरकारको ८औं तहसरह ५० प्रतिशत जीवन निर्वाह भत्ता कार्यान्वयनको माग राख्दै आन्दोलन थालेको संघर्ष समितिका संयोजक अमृत जैसीले बताए ।

‘प्रतिष्ठानका पदाधिकारीलाई पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरियो,’ उनले भने, ‘काम छाडेर धर्ना बस्न बाध्य भएका हौं ।’

संघर्ष समितिले राति खट्ने इन्टर्नलाई खाजाका निम्ति जीवन निर्वाह भत्तामै थप एक हजार रुपैयाँ दिनुपर्ने, जीवन निर्वाह भत्तामै समावेश गर्ने गरी मास्क, सेनिटाइजर, फेस सिल्डलगायत सामग्रीका निम्ति न्यूनतम थप एक हजार रुपैयाँ व्यवस्था गरिनुपर्नेलगायत माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस