aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कारागार भित्रैबाट ड्रग्स कारोबार !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
कारागार भित्रैबाट ड्रग्स  कारोबार !

नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन चकित बन्यो जब कारोबार कागारभित्रैबाट भएको पत्ता लाग्यो । 

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् । अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँको बयनामा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् ।

कारगारभित्रै चिनजान भएका पवनकुमार र उदयकुमारले लागूऔषध कारोबारको योजना तयार गरेको बारेमा आजको कान्तिपुरमा समाचार छ । भारतबाट आयत हुने लागूऔषध पवनकुमारकी श्रीमतीले भैरहवाबाट पोखरा सप्लाई गर्ने र उदयकुमारकी श्रीमतीले कास्कीमा त्यसको व्यापार गर्ने गरेको प्रहरीले लिएको बयानबाट खुलेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस