
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा ‘महिला प्रेम’ अत्याधिक देखिएको चर्चा सधै रहने गर्छ । तर, उनलाई बिस्थापित गर्ने नव निर्वाचित राष्ट्रपति जो बाइडेनमा पनि नारी प्रतिको विस्वास भने निकै बढी नै रहेको देखिएको छ ।
उनले हालै नयाँ आर्थिक सचिवमा जेनेट यलेनलाई नियुक्त गर्ने निर्णय गरेका छन् । त्यति मात्र होइन उनको आर्थिक सल्लाहकारको महत्वपुर्ण टिमका अधिकाशं सदस्यहरुसमेत महिलाहरु नै रहेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार ति सबै महिला सदस्यहरु पुर्व राष्ट्रपति बाराक ओबामा र पुर्व विदेशमन्त्री हिलारी क्लिन्टनका निकटस्थ हुन् ।
बाइडेनले आफ्नो बजेट र व्यावस्थापन कार्यालयको नेतृत्व पनि निरा तान्डेनलाई दिदै छन् । त्यसबाहेक आर्थिक मामिला सल्लाहकारको प्रमुखमा पनि सिसिलिया रोउजलाई नियुक्त गर्न लागेको ब्लुम्वर्कले जनाएको छ । टान्डेन हाल सेन्टर फर अमेरिकन प्रोग्रेस नामक लिबरल थिङ्क–ट्याकंको प्रमुखको रुपमा काम गरिहेकी छिन् ।
उनी ओबामा राष्ट्रपति हुँदा स्वास्थ्य सेवामा गरिने सुधारका लागि प्रमुख सल्लाहकारको भुमिकामा थिइन् भने सन् २०१६ मा राष्ट्रपति पदको उम्मेरदवार बन्दा हिलारीको चुनावी क्याम्पिएन सम्हालेकी थिइन् ।
बाइडेनले आफ्नो अर्थसहायक मन्त्रीका रुपमा पनि यडिबेल यडिएमओलाई नियुक्त गर्दैछन् । यी ती महिला हुन् जसले ओबामा फाउण्डेशनमा काम गरेकी थिइन् ।
आफ्नो आर्थिक नितिलाई मात्रै नयाँ राष्ट्रपतिले महिलाको काँधमा सुम्पिरहेका छैनन् । उनले आफ्ना् सञ्चार टिमलाई त झन् पुरापुर महिलामय बनाएका छन् ।
बाइडेन र ट्रम्पको महिला प्रतिको झुकाबमा फरक यति हो की, ट्रम्पले नारी शरिरलाई मात्रै नियाल्थे भने बाइडेन चाँही उनीहरुको दिमाग र क्षमतालाई आफ्नो हितमा प्रयोग गर्न गइरहेका छन् ।
सायद, यी दुई नेताहरुको यहि क्षमताको अन्तर बुझेर होला अमेरिकी नागरिकहरुले ट्रम्पलाई हटाएर बाइडेनलाई ह्वाइट हाउसमा प्रवेश गर्ने अनुमति दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस