aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुकुम्बासी टोलमा डोजर सरर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
सुकुम्बासी टोलमा डोजर सरर

रुपन्देही । बुटवल उपमहानगरपालिका १ मा सरकारी जग्गा कब्जा गरेर बसेका १६ घरपरिवारलाई बल प्रयोग गरेर हटाइएको छ । जग्गा कब्जा गरी अस्थायी टहरो निर्माण गरेर ०२८ सालदेखि बस्दै आएकालाई उपमहानगरले बिहीबार हटाएको हो । 

उपमहानगरले धेरैपटक निर्देशन दिँदा पनि अटेरी गरेर बस्दै आएका उनीहरुलाई अतिक्रमित जग्गा छाड्न नगरपालिकाले सूचना जारी गरेको थियो । त्यही सूचनालाई आधार बनाएर उनीहरु अन्तरिम आदेश माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल गएका थिए ।

अदालतले उनीहरुको दाबी नपुग्ने र अनतरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेपछि नगरपालिकाले डोजर लगाएर हटाएको वडाअध्यक्ष महेन्द्र रिजालले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस