aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हृदयघातका कारण पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
हृदयघातका कारण पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

काठमाडौं । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेलको हृदयघातका कारण शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउन नपाउँदै उनको बाटोमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । 

यसअघिको सरकारमा उनी शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेलका दुई छोरी छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।

पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन जाने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस