
एजेन्सी। अमेरिकामा पछिल्ला केही दशकहरूमा वयस्क युवाहरूले कठोर आर्थिक वास्तविकताहरूको सामना गर्नु परिरहेको छ। सन् २००८ मा देखिएको वित्तीय संकटदेखि यस वर्षको विश्वव्यापी महामारीले रोजगार र वित्तीय स्थिरता दुबैमा नराम्रो स्थिति सिर्जना गर्यो।
कोभिड-१९ का व्यापक प्रभावहरू अझै पूर्ण रूपमा प्रकाशमा आइसकेका छैनन्। तर, एक अध्ययनले के चाहिं देखाएको छ भने वयस्क युवाहरू आफ्ना बाबुआमासँग आश्रित भएर बस्ने क्रम धेरै नै बढेको छ। यो क्रम अहिले १२० वर्षयता कै सर्वाधिक बढी देखिएको छ। अमेरिकामा सन् १९३० मा देखिएको डिप्रेसन युगको पुस्तालाई पनि पछाडि पार्दै यसरी बाबुआमासँग बस्ने युवाहरुको संख्या बढेको हो ।
उनीहरूको लागि कोरोना महामारीले यस्तो वित्तीय कठिनाइको स्थिती सिर्जना गर्यो कि एक ढंगले पुरापुर व्यक्तिवादी र एकल बसोवासको परम्परा नै बनेको यो मुलुकका बयस्क युवाहरु बाबुआमाको शरणमा पुग्न बाध्य बनेका छन्।
केहि सम्भावित कारकहरू छन् जसले बाबुआमासँगै बस्ने वयस्क युवाहरूको वृद्धिलाई ब्याख्या गर्न सक्दछन्। अनिश्चित रोजगार बजार र जीवनयापनको बढ्दो लागतली गर्दा युवाहरु कहिल्यै नभोगेको संकटको सामना गरिरहेका छन्। आजका युवाहरू वास्तवमा इतिहासकै सबभन्दा शिक्षित पुस्ता हुन्। दुर्भाग्यवश, डिग्रीले सफलताको लागि मार्ग निर्धारण गर्दैन जुन अघिल्लो पुस्ताहरूका लागि फलदायी हुने गरेको थियो।
प्रतिक्रिया दिनुहोस