
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । कोषाध्यक्ष चयनका लागि सोमबार भएको महासंघको कार्यसमितिको निर्वाचनले हिराचनलाई विजय गराएको हो । कार्यसमितिले गरेको मतदानमा हिराचनको पक्षमा ४० र डीबी बस्नेतको पक्षमा ३१ मत खसेको थियो । हिराचन शेखर गोल्छा पक्षका हुन भने बस्नेत चन्द्र ढकाल समूहका हुन् ।
कोषाध्यक्ष चयनमा महासंघका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षबीच कुरा नमिलेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्षको चयन गर्नुपर्छ ।
शनिबार भएको महासंघको निर्वाचनमा हिराचन वस्तुगत संघबाट र डिबी बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा विजय भएका थिए ।
प्रतिक्रिया दिनुहोस