aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

आइपुग्यो २९ हजार टन मल

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, १६ मंसिर २०७७
आइपुग्यो २९ हजार टन मल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २९ हजार टन मल आइपुगेको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार १९ हजार टन डीएपी र १० हजार टन पोटास मल आइपुगेको हो। भारतीय सप्लायर इन्डियन पोटास लिमिटेड (आईपीएल) मार्फत साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरिद गरिएको हो। दुवै मल कृषि सामग्री कम्पनीको भण्डारणमा आइपुगेको छ। 

यसबाहेक ३० हजार मेट्रिकटन युरिया दुबईस्थित स्विस सिंगापुर सप्लायरमार्फत चीनबाट खरिद गरिएको छ। उक्त मल बोकेको पानीजहाज कोलकाता आइपुगेको छ। रेलमार्फत कोलकाताबाट नेपालतर्फ प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ। यो मल नेपाल आइपुग्न करिब तीन साता समय लाग्छ।

यस्तै, ७५ हजार टन डीएपी आउने क्रममा रहेको र ३० हजार टन डीएपीको खरिद प्रक्रिया अघि बढाइएको छ। त्यस्तै युुुरिया मल ५० टन पनि आउने क्रममा रहेको र ३० हजार टनको खरिद सम्झौता भएर एलसी खोल्ने क्रममा रहेको मन्त्रालयले दाबी गरेको छ। यसबाहेक थप ६० हजार टन युरिया खरिद लागि सप्लायरसँग सम्झौता गर्ने कार्य अघि बढाइएको छ। कृषि सामग्री कम्पनीले प्राप्त गरेको र खरिद प्रक्रियामा रहेको सम्पूर्ण मल गहुँबाली र आगामी सिजनमा प्रयोग हुने बताइएको छ।
 

प्रतिक्रिया दिनुहोस