aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

'तीनकुने बाग्मतीको पुल बनाउनेलाई कारबाही गर्नु'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
'तीनकुने बाग्मतीको पुल बनाउनेलाई कारबाही गर्नु'

काठमाडौं । काम अघि नबढाउन निर्देशन दिँदा दिदै पनि अटेर गरि निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने भनि विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा भएको छफफलपछि उक्त निर्देशन आएको हो । 

समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । म्भकष्नल ७ द्यगष्मि मोडलमा निर्माण भैइरहेका अन्य सडक तथा पुलहरुमा उत्पन्न हुन सक्ने समस्याहरुको तत्काल समाधानका लागि उचित व्यवस्था गर्न समितिले भनेको छ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतमा रहेका निकायहरुबाट गरिएका पूर्वाधार निर्माणका कार्यहरुमा यस सम्बन्धमा ध्यान नदिएको समितिको निकर्षका रहेको छ । 

पत्यकाको तीनकुने स्थित बागमती नदीमा निर्माणाधीन पुल म्भकष्नल ७ द्यगष्मि पद्धतिबाट २०७५ असार ०५ गतेसम्ममा निर्माण सम्पन्न गरीसक्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजना र श्क्ष्ऋ पप्पु कन्स्ट्रक्सनबीच २०७१ पुष ४ मा सम्झौता भएको थियो । 

विकास तथा प्रविधि समितिले उक्त पुलको स्थलगत अवलोकन गर्न एक उप समिति बनाएको थियो उक्त समितिले स्थलगत अध्ययन गरि प्रतिवेदन समेत तयारी पारि समितिमा पेश गरेको थियो ।  उक्त अध्ययनका आधारामा उक्त पुन निर्माण गर्ने कम्पनीले पुल बनाउदा सावधानी नअपनाएको देखिएको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस