
एजेन्सी । कोरोना भाइरस विरुद्धको खोपको परिक्षणले पूर्णता पाएको भन्ने खबरले सारा विश्व खुसि भैरहेको बेला युरोपबाट मन खिन्न बनाउने खबर आएको छ। खोपलाई विश्वभरका मानिससामु पुर्याउन आवश्यक तयारी भइरहेको र अनुमतिका लागि नियामक निकायमा पुगेको खबरले सबैलाई उत्साहित बनाइरहेको बेला यस्तो नमिठो समाचार आएको हो ।
खोपलाई अहिले नै बजारमा लैजाने निर्माता कम्पनीहरुको हतारोलाई अस्विकार गर्दै सो कामलाई पछि धकेलिएको फाइनान्सियल टाइम्सले आफनो समाचारमा उल्लेख गरेको छ। यूरोपेली देशका नियामकहरुले अझै परीक्षण जरुरी रहेकोले खोपको व्यवसायिक प्रयोगको कामलाई केही पर सार्न भनेका हुन् ।
समाचारमा उल्लेख भए अनुसार उनीहरुले अझै थप तयारी गर्न तथा त्यसका लागि परीक्षणको भरपर्दो र विश्वसनीय मापदण्डका साथ काम गर्न भनेका छन् । फाइजर, बायोएनटेक तथा मोडेर्नाको खोपको औपचारिक मूल्यांकन गरिरहेका सरकारी अधिकारीले तत्काल खोप लगाउने काममा पुनः विचार गर्न भनेका हुन् ।
यूरोपेली संघका अधिकारीको उक्त भनाइ सार्वजनिक भएपछि खोपको प्रयोग सम्बन्धी काम अर्को वर्षका लागि धकेलिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
यसबीच युरोपेली मेडिसिन एजेन्सीले डिसेम्बर २ फाइजर र बायोएनटेक खोपमा राय दिने बताएको छ । उसले त्यो राय आफना सदस्य देशहरुलाई समेत वितरण गर्दै छ । आमस्टडर्ममा बसेको नियामक निकायहहरुको बैठकमा आगामी जनवरीदेखि खोप लगाउने वा नलगाउने भन्ने बारेमा समेत धारणा दिने भएको हो।
फाइजर र बायोटेकले सोमबार इएमएमा पेश गरेको कागजातलाई अन्तिम रुप दिएको थियो । उसले अक्टोबरदेखि नै ठूलो मात्राममा चिकित्सकीय परीक्षण गरेको र त्यसको समिक्षा समेटिएको विवरण समेत उपलब्ध गराएको थियो । उनीहरुले विश्वव्यापीरुपमा नै खोप आपूर्ति गर्ने प्रयास समेत गरिरहेका छन् ।
बायोटेकका सहसंस्थापक एवम प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले यसबारे टिप्पणी गर्दै भनेका छन्, 'हामीहरु आवश्यक तयारीको क्रममा रहेका मात्रै छैनौं, अनुमति दिने निकायले हामीलाई अनुमति दिन्छ भन्नेमा समेत विश्वस्त छौ ।'
प्रतिक्रिया दिनुहोस