
काठमाडौं । संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । बिहीबार प्रदेश नं। २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भन्दै रिट दायर गरेका हुन् ।
उनले संघीय सरकारले प्रदेशको अधिकार कटौली गरेको भन्दै उत्प्रेषण आदेश पाउन माग गर्दै रिट दायर गरेका छन् । प्रदेश सरकराले संघीय सरकारबाट अधिकार कटौती भएको भन्दै विरोध गर्दै आएका छन् । सोनल जनता समाजवादी पार्टीका नेता हुन् ।
प्रदेश नं. दुई सरकारले संघीय सरकारको शैलीबिरुद्ध पटक–पटक असहमति राख्दै आएको छ । ओली सरकारबिरुद्ध रिट दायर गर्ने सोनाल २०७४ मंसिरमा भएको निर्वाचनमा बारा क्षेत्र नं चार अन्र्तगत प्रदेश सभा क्षेत्र नं. २ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस