aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कोरोनामुक्त भएको ४ दिनपछि पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
कोरोनामुक्त भएको ४ दिनपछि पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमण मुक्त भएको ४ दिन पछि पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको मृत्यु भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै मृत्यु भएको हो ।

स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री थिए । उनी पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमित भई निको भएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएको ४ दिनपछि उनको निधन भएको हो । उनमा मुटुको समस्या रहेको स्रोतले जनाएको छ ।  

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका दुई छोरा र चारजना छोरी रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस