aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बोइङ ७३७ म्याक्सले २० महिनापछि अमेरिकामा उडान शुरु गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
बोइङ ७३७ म्याक्सले २० महिनापछि अमेरिकामा उडान शुरु गर्दै

एजेन्सी । बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।  अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासनले गत महिना बोइङको चौँथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो । इन्डोनेसिया १८९ र इथियोपियामा १५७ गरी ३४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको  सेवालाई रोकेको थियो । 

प्रतिक्रिया दिनुहोस