aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ जेठ २०७६
चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

चाङ्सा ।  चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ । सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी फोटोकपी मेसिन घानातर्फ पठाइएको छ । कम्पनीले ग्राफिक्स उत्पादन, प्रिन्टिङ र उपकरण बिक्री, मर्मत र भाडामा दिने समेतका विविध कार्यहरु गर्नेछ ।

सिन प्रिन्टिङका अध्यक्ष लुओ गुओक्सिङले अफ्रिकामा आधुनिक प्रिन्टिङ उपकरण र सेवाको ठूलो माग रहेको जानकारी दिनुभयो । उहाँले अफ्रिकाका ५० देशमा सञ्चालन तथा उत्पादन केन्द्रहरु पनि खोल्ने तयारी भइरहेको बताउनुभयो ।

करिब ५०० जनालाई रोजगारी दिइरहेको सिन प्रिन्टिङले सन् २०१८ मा करिब दुई करोड २० लाख अमेरिकी डलरको कारोबार गरेको थियो । सिन्ह्वा काउन्टीको यो कम्पनी चीनमै प्रिन्टिङ सेवामा अग्रणी मानिन्छ । चीनमा करिब ६० हजार प्रिन्टिङ पसलहरु रहेको सिन प्रिन्टिङले चीनको कूल बजारको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ ।  रासस/सिन्ह्वा
 

प्रतिक्रिया दिनुहोस