aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

क्यानडामा जनवरीदेखि कोरोना विरुद्धको खोप दिने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ मंसिर २०७७
क्यानडामा जनवरीदेखि कोरोना विरुद्धको खोप दिने तयारी

एजेन्सी । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएक हुन् । 

“यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,” उनले भनेका छन् । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो । 

सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत उनलाई दिइएको छ । उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे । 

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस