
एजेन्सी । संस्कृतमा सत्यम्को अर्थ सत्य मानिन्छ तर कुनै समय भारतीय चर्चित आईटी कम्पनी स्क्याम सत्यम् कम्प्युटर्सले यसको अर्थ उल्टाउने उदारण बन्न पुगेको थियो । एक समय भारतको सत्यम् कम्प्युटर्सलाई संसारको चौथो ठूलो आईटी कम्पनीका रूपमा लिने गरिन्थ्यो ।
त्यसबेला यस कम्पनीलाई इन्फरमेसन टेक्नोलोजी क्षेत्रको ‘आईटी क्राउन जेल्स’ पनि भन्ने गरिन्थ्यो । तर, अहिले भारतको सबैभन्दा ठूलो कर्पोरेट घोटाला कम्पनीको सूचीमा अग्रणी स्थानमा लिने गरिन्छ । सत्यम् कम्प्युटर्सको संस्थापक रामालिंगा राजुलाई कम्पनीको घोटालाको आरोपमा पक्राउ गरिएको थियो । उनले
अदालतमा ७८०० करोड रुपैयाँ गडबडी गरेको स्वीकार गर्नुका साथै वित्तीय विवरणमा गडबडी गरेर कयौं वर्षसम्म उत्कृष्ट नाफा कमाएको झुटो वित्तीय विवरण प्रकाशित गरेको बयान दिएका थिए ।
रामालिंगा राजु र उनका भाइ रामा राजुले यस घोटालाका बारेमा कम्पनीको सञ्चालक समिति, वरिष्ठ अधिकारी र लेखा परीक्षकलाई कुनै सुइँको समेत दिएको थिएनन् ।
सत्यम् कम्प्युटर्स स्क्यामको बारे थाहा पाउनको लागि सबैभन्दा पहिला सत्यम् कम्प्युटर्स आईटीको क्षेत्रमा कसरी शिखरमा पुग्न सफल भयो भन्ने विषयमा जानकारी लिनुपर्छ ।
सन् १९८७ मा रामालिंगा राजुले भारतको हैदराबादमा कम्पनीको स्थापना गरेका थिए । शुरुका दिनमा सत्यम् कम्प्युटर्स कम्पनीमा करिब २० जना कर्मचारी कार्यरत थिए । स्थापनाकाल पछिको छोटो समयमा नै सत्यम् कम्प्युटर संसारको चर्चित कम्पनीमध्ये एक बन्न सफल भएको थियो । सत्यम् कम्प्युटरको प्रमुख काम फरक–फरक क्षेत्रका व्यवसायलाई आईटी सेवा प्रदान गर्नु तथा आईटीमा जोड्ने काम गर्ने गथ्र्योे । सन् २००३ जनवरीमा सत्यम् कम्प्युटर्सको प्रतिकित्ता शेयर मूल्य १ सय ३८ रुपैयाँ ८ पैसा मात्र थियो । पाँच वर्षपछि सन् २००८ मार्चसम्ममा आउँदा प्रतिकित्ता ५ सय २६ रुपैयाँ २५ पैसा पुगेको थियो अर्थात् ३०० प्रतिशतले बढेको थियो ।
सन् २००८ मार्चसम्ममा सत्यम् कम्प्युटरको कुल नेटवर्थ २ दशमलव १ बिलियन डलर पुगेको थियो । यस अवधिमा कम्पनीले एनवल ग्रोथ रेट ३५ प्रतिशत तथा अपरेटिङ प्रोफिट २१ प्रतिशत गरेको विवरण प्रकाशित गरेको थियो । यसै समयमा एक सफल आईटी कम्पनीको चर्चित भए भने अन्तर्राष्ट्रिय आईटी बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको थियो ।
सत्यम् कम्प्युटर्सको वित्तीय विवरणको आधारमा प्रायः सबैलाई संसारको ठूलो आईटी कम्पनी मान्न थालेका थिए तर वास्तवमा भने भित्री कुरा अर्कै थियो ।
सन् २००९ जनवरी ७ मा रामालिंगा राजुले सत्यम् कम्प्युटर्सको सञ्चालक समितिलाई एक पत्र लेखे । उक्त पत्रमा उनले सत्यम् कम्प्युटर्सको वित्तीय विवरणमा केही वर्षदेखि लगातार गडबडी भएको उल्लेख गर्दै झुटो प्रतिवेदन पेस हुँदै आएको स्वीकारेका थिए । कम्पनीको वासलातमा बास्तविकताभन्दा १ दशमलव ४७ बिलियन बढाएको बताइएको थियो । यस वासलातमा १ दशमलव शून्य ४ बिलियन डलर बैंक कर्जा तथा नगद मौज्दात रहेको देखाइएता पनि त्यो वास्तव केही थिएन ।
कम्पनीको दायित्वलाई पनि वास्तविकभन्दा निकै कम मात्र भएको देखाएको थियो । शेयर बजारको आधारभूत विषयमा राम्रो छाप बनाउनको लागि त्रैमासिक वित्तीय विवरणमा बढाई झुटो विवरण प्रकाशित गर्ने गर्थेे भने यो धेरै वर्षसम्म चलि नै रह्यो ।
रामा लिंगा राजु र उनका भाइ यो घोटालालाई निरन्तता दिन ग्लोबल हेड अफ इन्टरनल अडिटलाई अलग–अलग रणनीति अपनाउन लगाउथे । राजुले सत्यम् कम्प्युटर्सको वासलातलाई गलत ढंगले प्रस्तुत गर्दै गए । ताकी आफ्नो वासलातमा राम्रो नाफा कमाएको देखाउने गरेका थिए । राजुले उनको कम्पनी हेड अफ इन्टरनल अडिटको मद्दतले राम्रो वित्तीय विवरण बनाउन वासलातमा नभएको रकम थप्ने गर्थे ताकी वित्तीय विवरण प्रकाशित गर्दा कम्पनी राम्रो छवी बनिरहोस् ।
कम्पनीले राम्रो नाफा कमाएको देखाउन फर्जी खातामा ब्याज आम्दानी आर्जन गरेको प्रस्तुत गर्ने गर्थे । उनले लेखेको पत्रमा त्यो पनि भनिएको थियो कि उनले केही वर्षदेखि ६००० झुटो तलबी खाताको सिर्जना गरेका थिए । जसमा कम्पनीले जम्मा गर्नेे रकम सिधैं राजुको खल्तीमा जाने गथ्र्याे । त्यति मात्र सीमित नभएर आफ्नो झुटो इमेज बचाउनको लागि ग्लोबल हेड अफ इन्टरनल अडिटले झुटो परिचय पत्र बनाउन लगाए र झुटो इनभ्वास बनाउन लगाउने गर्थे ।
सन् २००८ मा सत्यम् कम्प्युटर्सले माईटास इन्फ्राको ५१ प्रतिशत शेयर ३०० मिलियन डलरमा किन्ने योजना बनायो । माईटास इन्फ्रा कम्पनी त्यसताका अग्रणी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एन्ड कन्सट्रक्सन प्रोजेक्ट म्यानेजमेन्ट कम्पनी थियो ।
उक्त कम्पनीमा पनि परिवारको ठूलो शेयर रहेको थियो । यस कम्पनीमा राजुको आफ्नो निजी ३७ प्रतिशत शेयर रहेको थियो । उनले सञ्चालक समितिलाई पत्र लेख्नुभन्दा करिब एक महिना अगाडि अर्थात् १६ डिसेम्बर २०१६ मा कम्पनीको सञ्चालक समितिले रामालिंगा राजुको प्रस्तावलाई बिना कुनै रोकतोक सर्वसहमतिले पारित गरेको थियो ।
कम्पनीका शेयरधनीको अनुमतिबिना नै सञ्चालक समितिले प्रस्तावलाई सहमति जनाएको थियो । यस कारणले गर्दा कम्पनीका शेयरधनीले सबै शेयर बेच्न शुरु गरे र कम्पनीका व्यवस्थापन समितिलाई कारबाही गर्ने समेत धम्की दिए ।
राजुले आफ्नो निजी फाइदाको लागि माईटास इन्फ्राको प्रस्ताव ल्याएको ठहर गर्दै अमेरिकामा मुद्दा दर्ता भयो । त्यसपछि विश्व बैंकले कम्पनीलाई ८ वर्षसम्मको लागि व्यापार गर्न प्रतिबन्ध लगायो । परिस्थिति परिवर्तन भएसंँगै नैतिकताको आधारमा कम्पनी सञ्चालक समितिका चार स्वतन्त्र सदस्यले राजीनामा दिए ।
कम्पनीको सञ्चालक समितिलाई लेखेको पत्र लगतै नै राजुले कम्पनीबाट राजीनामा दिएका थिए । उनले आफ्नो कम्पनीको सञ्चालक समितिका साथै सेक्युरिटी एन्ड एक्चेन्ज बोर्ड अफ इन्डिया (सेवी) लाई पनि कम्पनीको वित्तीय विवरण गलत र झुटो रहेको बताएका थिए ।
राजुले वासलात र नगद खातामा धेरै गडबडी गरेका थिए । कम्पनीको वास्तविक नगद तथा बैक मौज्दात १ दशमलव शून्य ४ बिलियन मात्र रहेको थियो । जुन उनले १ दशमलव १० बिलियन रहेको देखाएका थिए । उनले अस्तित्व नभएको बैंक खाताबाट ७७ दशमलव ४६ मिलियन डलर ब्याज आम्दानी रहेको थियो जसको कुनै पनि अस्तिव थिएन । अर्को कम्पनीको दायित्वतर्फ २ सय ५३ दशमलव ३८ मिलियन डलर देखाएको थियो । वास्तविकतामा यस रकम भन्दा निकै बढी रहेको थियो । त्यस्तै राजुले कम्पनी आम्दानी पनि झुटो २७ हजार करोड रहेको विवरण प्रकाशित गरेका थिए । तर, कम्पनीको आम्दानी २११२ करोड रुपैयाँ मात्र रहेको थियो ।
माईटास इन्फ्रालाई किन्ने कुरामा शेयरधनीको अनुमतिबिना प्रस्ताव गरेकाले यस विरोधको सामना गर्नुपर्यो । जसको कारणले १२ घण्टामै प्रस्ताव फिर्ता लिन बाध्य भएको थियो । राजुलाई पछि आफूले गरेको गल्ती महशुस भएको थियो । तर, त्यसबेलासम्म धेरै ढिला भइसकेको थियो । उनले लेखेको पत्रमा अगाडि भनिएको छ–‘पहिले वासलात देखाएको वास्तविक नाफा र झुटो नाफाबीचको दूरी धेरै रहेको थिएन तर पछि दूरी विस्तारै बढेर गरेको थियो ।’)
सत्यम् कम्प्युटर्सको सञ्चालन खर्च त्यति बढेर गयो की वास्तविक नाफाबीचको दूरी अझ बढेर गयो । जुन कुरा राजु चाहेर पनि मिलाउन सकेनन् । पत्रमा उनले कुरा लुकाउन चलेका हरेक चाल असफल भएको थियो । माईटासलाई खरिद गर्न पनि यहि कुरा मिलाउने अन्तिम प्रयास रहेको थियो । उनले झुटो सम्पत्तिलाई माईटाज कम्पनी सम्पतिले मिलाउने गरेको अन्तिम प्रयासलाई शेयर धनीले असहमति जनाएपछि उनीसँंग अन्य कुनै उपाय नभएको स्वीकारेका थिए ।
कम्पनीका शेयरधनीले माईटास कम्पनीको खरिदले राजु र उनको परिवारको निजी स्वार्थको कारण गरेको प्रयासको रुपमा बुझेको थिए । माईटाज कम्पनीमा राजु र उनको परिवारको मात्र शेयर रहेकाले पनि लगानीकर्ताले उक्त निस्कर्ष निकालेका थिए । तर, वास्तवमा सत्यम् कम्प्युटर्समा राज परिवारको शेयर निकै कम रहेको थियो । सबैको विरोधको कारण राजुको अन्तिम प्रयास सफल हुन सकेन ।सत्यम् कम्प्युटर्सका लगानीकर्तालाई के कुराको जानकारी थिएन भने माईटास कम्पनीसँंगको डिलले मात्र आफ्नो कम्पनी बच्न सक्थ्यो । माईटाज कम्पनीले खरिद गर्दा मात्र आफ्नो नक्कली सम्पत्तिलाई माईटाजसँंग स्थानान्तरण गर्न सकिन्थ्यो ।
राजुले के चाहन्थे भने जुन झुटो रकम विवरण देखाएको थियो माईटास कम्पनी किनेको रकममा देखाउन सकेमा मात्र यो समस्याबाट बाहिर आउन सकिन्थ्यो । राजुले माईटास कम्पनीको खरिद असफल भए पनि उनले बद्मासी स्वीकार्नु बाहेक कुनै अर्को बाटो नभएको बताएका थिए । यस स्क्याममा बैंकर्स, अडिटर तथा धितोपत्र बोर्डलाई पनि दोषी ठहराएको थियो । सत्यम कम्प्युटर्सको प्रमुख अडिटर संसारको चर्चित कम्पनी प्राइस वाटर्स कुपर थियो । प्राइस वाटर्स कुपरलाई सत्यम्ले अन्य कम्पनीभन्दा दुई गुणाभन्दा बढी रकम दिने गर्दथ्यो । यस कारणले पनि अनुसन्धान एजेन्सीले पनि अडिटर पनि यस स्क्याममा सहभागी रहेको शंका गरिएको थियो । यस स्क्याम बाहिर आएपछि रामालिंगा राजु र उनको भाइ राम राजु, कम्पनीका प्रबन्ध निर्देशक तथा हेड अफ इन्टरनल अडिटलाई कम्पनी घोटलाको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ अप्रिल १६ मा टेक महेन्द्राले सत्यम् कम्प्युटर्सको ५१ प्रतिशत शेयर खरिद गरेर कम्पनी डुब्नबाट बचाएको थियो ।
उनले कम्पनीमा गडबडी गर्नुको प्रमुख कारण सत्यम् कम्प्युटर्सको शेयर मूल्य बढाउन सकियोस् र उच्च मूल्यमा कम्पनी शेयर मूल्य बिक्री गर्नको लागि गरिएको थियो । पैसा, शक्ति, प्रतिस्पर्धा, प्रतिद्वन्द्वी, सफलता, प्रसिद्धी, प्रतिष्ठाका निम्ति गलत कदम उठाएका थिए । (एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया दिनुहोस