
भैरहवा । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरबाट हतियार सहित पाँच जना पक्राउ परेका छन् । बिहीबार राती १ बजे इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रबिनराज मैनालीको कमाण्डमा गाडी मोबाइलमा खटिएको टोलीले शंकास्पद रुपमा हिडिंरहेका ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षिय अर्जुन मुसहर, सोही स्थानका २० वर्षिय सुरज दर्जी, २२ वर्षिय मनिस परियार, २९ वर्षिय सालिकराम सुवेदी र १८ वर्षिय प्रदिप मुसहर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता धर्मराज भण्डारीले बताए ।
चेकजाँच गर्ने क्रममा अर्जुन मुसहरको साथबाट घरेल बनावट पेस्तोल १ थान र सुरज दर्जीको साथबाट पेस्तोलमा लाग्ने गोली १ थान फेला परेकोले तत्काल ५ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस