aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

श्रीमती चिनियाँ भएकै कारण डेपुटी गभर्नर राजिनामा गर्न बाध्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
श्रीमती चिनियाँ भएकै कारण डेपुटी गभर्नर राजिनामा गर्न बाध्य

एजेन्सी। नर्वेको केन्द्रीय बैंकका डेप्युटी गभर्नर जोन निकोलाइसेनले शुक्रबार अकस्मात राजीनामा गरेको घोषणा गरे। त्यसको कारण थियो  उनले दिएको सुरक्षा निकासीको नवीकरण आवेदन अस्वीकृत भयो। अनि उनको निवेदन अस्विकृत हुनुको प्रमुख कारण चाहिँ उनको श्रीमती चिनियाँ भएको जानकारी दिइयो ।

"नर्वेको नागरिक सुरक्षा निकासी प्राधिकरणले मलाई जानकारी गरायो कि मैले नवीकरण गर्न दिएको सुरक्षा क्लियरन्स नपाउनुको कारण भनेको मेरी श्रीमती चिनियाँ नागरिक भएकोले हो। उनी चीनमा बसोवास गर्छिन् अनि म उनलाई आर्थिक सहयोग गर्दछु," निकोलाईसेनले भने। 

"अब मैले यसको नतिजा लिन पर्ने भएको छ," उनले राजीनामा दिएपछि भने। केन्द्रीय बैंकले जारी गरेको विज्ञप्ति अनुसार उनको राजीनामा तुरुन्तै स्वीकृत हुन्छ। उनको ठाउँमा को जानेआउंदैछ  भन्ने कुरा तत्कालै स्पष्ट भएको छैन।

हालसालैका वर्षहरूमा नर्वेले सुरक्षा क्लियरन्स जारी गर्न कडा नियमहरू ल्याएको छ। नर्वेसँग सुरक्षा सहयोग नभएको देशका कुनै व्यक्तिसँग विवाह गर्ने जो कोहीलाई पनि स्वीकृति लिन गाह्रो भएको छ।

जोन निकोलाईसेन कि श्रीमती चीनमा बस्छिन्।  उनीहरुको सन् २०१०मा विवाह भएको हो। उनको अप्रिलमा मात्र बैंकले थप कार्यकालका लागि अवधि थपेको थियो। उनले सन् २०१४ को जुनमा पहिलो पटक नियुक्ति पाएका थिए । यसबीच उनको त्यो विवाहको कुनै पर्वाह गरिएको थिएन तर एकाएक त्यहि बिषय उनको राजीनामाको प्रमुख कारण बन्यो।  

मौद्रिक नीति निर्धारणमा भाग लिनुका साथै निकोलाईसेन नर्वेको १.२ ट्रिलियन डलरको सार्वभौम सम्पत्ति कोषको निरीक्षण गर्ने जिम्मामा थिए जुन विश्वको सबैभन्दा ठूलो फण्ड हो।

केन्द्रीय बैंकका गभर्नर ओइस्टीन ओल्सेनले निकोलाईसेनको बिदाइ हुनु ठूलो नोक्सान हुने बताएका छन्: "म जोन निकोलाईसेनलाई उनको सहायक गभर्नरको पदमा रहेर गरेका कामको लागि सँधै सम्झन्छु, जहाँ उनले निकट सहयोगी र सक्षम पेशेवरको रूपमा आफ्नो कर्तव्य निर्वाह गरेका छन्" केन्द्रीय बैंकका गभर्नर ओइस्टिन ओल्सेनले आफ्नो बयानमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस