
एजेन्सी । अमेरिकाको सिकागो सहरमा कोरोना भाइरसले भन्दा गाली हानाहानबाट मर्नेको संख्या अत्याधिक देखिएको छ । हालै जारी एक तथ्यांकका अनुसार कोरोना महामारी शुरु भएयता कोभिड १९ ले भन्दा गोली हानाहान सम्बन्धि हिंसाका कारण सिकागोमा २३ गुण बढी युवाहरुको मृत्यु भएको हो ।
डिसेम्बर १ तारिकसम्मको तथ्याकं हेर्दा कोरोना महामारी फैलिए यता त्यहाँ ९० जना युवाहरु गोली लागेर मरेका छन् । जुन कोरोना भाइरसका कारण मर्ने ४ जनाको तुलनामा यो २३ गुणा बढी हो ।
त्यहाँका सार्वजनिक स्कुलहरु बन्द रहेका कारण शुरुका केहि महिना यसरी गोली हानाहानबाट मर्नेको संख्या केहि कम थियो । तर, मार्च १ देखि जुन २२ सम्म मात्र त्यहाँ गोली लागेर ४६ जनाको मृत्यु भयो । जुनबेलासम्म जम्मा ३ जना युवा मात्र कोरोनाका कारण मरे ।
त्यसो त यसबिच सिकागोमा सडक दुर्घटनामा ३४ जनाको मृत्यु भयो भने १५ जनाले आत्माहत्या गरे । त्यसैगरि, मृत्युको कारण नखुलेका २७ जना छन् भने अन्य कारणले जम्म २८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस