
एजेन्सी । भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२१/२२ को अन्त्यसम्म पूर्व कोविड तहमा पुग्न सक्ने बताइएको छ । आइतबार नीति आयोगका अध्यक्ष राजीव कुमारले चालू आर्थिक वर्षमा जीडीपी गिरावट ८ प्रतिशतभन्दा कम हुने अनुमान गरेका छ । यसभन्दा अघि रिजर्व बैंकले चालू आर्थिक वर्ष २०२०/२१ को जीडीपीको गिरावट पूर्वानुमानमा गरिएको ९.५ प्रतिशतलाई परिमार्जन गरेर ७.५ प्रतिशत गरिसकेको छ ।
आगामी आर्थिक वर्षको वृद्धिको पूर्वानुमानमा राजीव कुमारले भने, '२०२१/२२ को अन्त्यसम्ममा देशको जीडीपी पूर्व कोरोना तहमा पुग्नेछ । यो चालू आर्थिक वर्षमा ८ प्रतिशतभन्दा कमले गिरावट आएको छ । किनभने, 'अर्थव्यवस्था अपेक्षे भन्दा राम्रो सुधार गरिरहेको छ । सेप्टेम्बरको क्वार्टरमा उत्पादन क्षेत्रको राम्रो वृद्धिका कारण जीडीपी ७.५ प्रतिशतले घटेको छ । जबकि जीडीपीमा १० प्रतिशतको गिरावटको पूर्वानुमान गरेको थियो । पहिलो क्वाटरमा जीडीपी २३.९ प्रतिशत तल थियो ।'
राजीव कुमारका अनुसार लगातार सम्पत्ति मुद्रीकरणमा काम गरिरहेको र चाँडै सम्पत्ति मोनेटाइजेशनको लक्ष्य पनि प्राप्त हुने उनले बताए । सरकार चालू आर्थिक वर्षमा विनिवेश मार्फत २.१० लाख करोड जुटाउने योजनामा काम गरिरहेको छ । यस अन्तर्गत केन्द्रीय सार्वजनिक क्षेत्र उद्यम (सीपीएसई) को शेयर बिक्री गरेर १.२० लाख करोड र वित्तीय संस्थामा सरकारी सेयर बेच्दै ९० हजार करोड जुटाउने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस