aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भारतसँगको रेलवे सम्झौता संशोधन हुने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, २३ मंसिर २०७७
भारतसँगको रेलवे सम्झौता संशोधन हुने

काठमाडौं । नेपाल तथा भारतका वाणिज्य सचिव स्तरीय बैठकले दुई देशबीचको रेलवे सेवा सम्झौतामा संशोधन गर्ने विषयमा छलफल गरेको छ । 

नेपाल तथा भारतका वाणिज्य सचिवहरूको अध्यक्षतामा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य विषयमा सोमवार छलफल गरेको हो । 

नेपाल भारत अन्तरसरकारी समितिको भिडियो कन्फरेन्समार्फत सोमवार बसेको बैठकले व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समीक्षा गरेको छ । बैठकले रेलसेवा सम्झौतामा संशोधनका विषयमा पनि छलफल गरेको छ । 

प्रतिक्रिया दिनुहोस