aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बर्षौंपछि भारत चीनमाथि हाबी, चामल समेत किन्न बाध्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ मंसिर २०७७
बर्षौंपछि भारत चीनमाथि हाबी, चामल समेत किन्न बाध्य

एजेन्सी। चीनले अघिल्लो महिना अर्थात् नोभेम्बरमा भारतबाट चामल आयात गर्न सम्झौता गर्यो। यसरी चीनले भारतबाट चामल आयात गरेको पछिल्लो तीन दशकयता पहिलो पटक हो। 

ग्लोबल टाइम्सको रिपोर्टका अनुसार भारतसँग गरिएको चामलको यो सौदा 'विशुद्ध व्यापारिक चाल' हो किनभने यो चीनको 'घरेलु उत्पादन भन्दा सस्तो' छ।त्यसो त चीनबाट भारतमा हुँदै आएको आयातमा पनि ठुलो गिरावट देखिएको छ।  साथै नोभेम्बर महिनामा मात्र पनि भारतको चीनसँगको  व्यापार घाटामा पनि ठूलो गिरावट देखिएको छ । 

भारतिय संचारमाध्यमहरुका अनुसार गत ११ महिनामा दुई देशबीचको व्यापार सन् २०१९  मा ८४.४  अर्ब अमेरिकी डलर रहेकोमा गएका ११ महिनामा ७८ अर्ब अमेरिकी डलरको नजिक रहेको छ। सन् २००५ पछि पहिलो पटक भारतको व्यापार घाटामा यस्तो गिरावट आएको छ।

गत हप्ता भारतको वाणिज्य मन्त्रालयले भारतको कुल आयात नोभेम्बरमा १३.३ प्रतिशत घटेको रिपोर्ट गरेको थियो। त्यसपछि भारतमा चीनको निर्यात खस्कने सम्भावना देखिएको थियो ।

नोभेम्बरमा चीनको निर्यात २१.१ प्रतिशतले वृद्धि भएको आधिकारिक तथ्यांकले देखेको छ । समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरे अनुसार यो फेब्रुअरी २०१८ पछिको सबैभन्दा द्रुत वृद्धि हो। चिनको निर्यातमा नोभेम्बर महिना अक्टोबरको तुलनामा झन्डै दोब्बर बृदि भएको छ।

विश्वव्यापी आर्थिक मन्दी र महामारीको प्रभावको बाबजुद चीनले नोभेम्बर महिनामा बढी निर्यात गरेको छ। यो करिब २६८ अर्ब डलर हो। बेइजिङ स्थित  भारतीय दूतावासका अनुसार इलेक्ट्रिक सामानका साथै भारतले जैविक रसायन, फलाम, कपास र मल चीनबाट आयात गर्ने गर्छ।

त्यस्तै, कोरोना भाइरस महामारीका कारण भारतको अर्थतन्त्र संकटमा छ, तर भारतबाट चीनतर्फ इस्पातको निर्यात अप्रिल र जुलाईको बीचमा दोब्बर भयो।

पछिल्लो छ वर्षमामा उच्च स्तर पुगेको छ। भारतको स्टिलको निर्यातमा यो अप्रत्याशित बृद्धि चीनको कारणले हो, जबकि दुई देशहरूले ठूलो द्वन्द्वको सामना गरिरहेका छन्।

एकातिर भारत चीनको लगानीप्रति सतर्क छ, अर्कोतर्फ चीनले यी सबै कुरालाई वेवास्ता गर्दै छ। भारतबाट स्टिल आक्रामक रूपमा खरीद गर्दैछ। आखिर, किन यस्तो भैरहेको छ ? व्यापारीहरूले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन् कि भारतमा यसको कम मूल्यका कारण यस्तो भइरहेको छ।

टाटा, जेएसडब्ल्यू र भारत सरकारबाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आएको छैन। भियतनाम भारतीय इस्पातको नियमित खरीददार हो। तर, चीन ठूलो खरीददारको रूपमा देखा पर्दा भारतको परम्परागत बजार इटाली र बेल्जियम पछाडि पर्दैछन्।

प्रतिक्रिया दिनुहोस