
एजेन्सी। कोरोना भाइरसको सन्त्रास नसकिंदै भारतमा नयाँ रोग देखा परेको छ। स्थानीय अस्पतालमा रहस्यमय बिरामीहरु पत्ता लागेपछी भारतीय चिकित्सकहरु हैरानीमा परेका छन्।
समाचारहरुमा उल्लेख भए अनुसार हालसम्म यो रोगका कारण सयौं मानिसहरू अस्पताल भर्ना भएका छन्। र, कम्तिमा एकको मृत्यु भएको छ।
नयाँ दिल्ली टेलिभिजन लिमिटेड (एनडीटीवी) ले रिपोर्ट गरे अनुसार ४०० व्यक्तिहरुमा एक रहस्य रोग लागेको छ जुन भारतको एलरुमा देखा परेको हो। कम्तिमा एक व्यक्ति डिसेम्बरमा ज्यान गएको छ। स्थानीय स्वास्थ्य अधिकारीहरू हैरान छन् किनकि अझैसम्म रोगको स्रोत फेला पार्न सकिएको छैन।
आन्ध्र प्रदेश राज्यमा रहेको यो शहरमा फेला परेका रहस्यमय रोगका बिरामीहरुमा काम्ने, बेहोस हुने र अन्त्यमा बान्ता गर्ने लक्षणहरु देखिने गरेको छ । आंध्र प्रदेश कोरोना भाईरसबाट सबैभन्दा ढंगले खराब प्रभावित राज्यहरु मध्येको एको हो। तर, डाक्टरहरूले नयाँ रोग लागेका कुनै पनि बिरामी भाइरस संक्रमित भने नरहेको बताएका छन् ।
सबै बिरामीहरूमा कोविड १९ को परीक्षण नकरात्मक देखिएको छ। इलुरुको पश्चिम गोदावरी जिल्लाका जिल्ला निगरानी अधिकारी डोला जोशी रोयले सीएनएनलाई भने, 'अस्पतालमा भर्ना भएका ३०० मध्ये करिब १८० बिरामीलाई डिस्चार्ज गरिएको छ।'
प्रतिक्रिया दिनुहोस