
एजेन्सी । संसारको सबैभन्दा ठुलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूट अफ इन्डियाले भारत सरकारसँग कोरोना विरुद्धको खोप ‘कोविसिल्ड’ आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ ।
भारतिय सञ्चार माध्यमहरुका अनुसार भारत सरकारले एक डोज कोविसिल्डका लालगि मात्र भारु २५० रुपैयाँ तिरे पुग्छ । यो सिरमले कोविसिल्डको आपतकालिन प्रयोगका लागि सरकासँग स्विकृती समेत मागेको छ । यस सम्बन्धि चाडै नयाँ फैसला आउन लागेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । यदि सबैकुरा ठिकठाक रह्यो भने आउादो जनवरीमा भारतमा यो खोप लगाउन शुरु गरिनेछ ।
भारतमा सिरमले नै दोस्रो र तेस्रो चरणको परिक्षण सञ्चालन गरेको कोविशिल्ड अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनले सयुक्त रुपमा विकास गरेका हुन् । भाचरत सरकारसँग सस्तोमा खोप उपलब्ध गराउने सम्झौता गर्न लागेपनि निजि खरिदकर्ताले बजारमा भने यसलाई प्रतिखोप एक हजार रुपैयाँ तिरेर खरिद गर्नु पर्नेेछ ।
भारतमा लगभग एक करोडलाई कोरोना संक्रमण भइसकेको छ । यहि संख्यालाई ध्यानमा राख्दै बेलायतले आम मानिसमा प्रयोग गर्न स्विकृती दिएको कम्पनी फाइजरले पनि आफ्नो खोप भारत भित्र्याउने प्रयत्न गरिरहेको छ । यसको मूल्य प्रतिडोज १५ सयको आसपासमा रहने विश्वास गरिएको छ ।
उता, भारतको हैदराबाद स्थित खोप निर्माता कम्पनी भारत बायोटेकले पनि आफूले उत्पादन गरेको खोप कोभ्याक्सिनलाई पनि प्रयोग गर्नका लािग पनि अनुमति मागिरहेको छ । यो खोपको बजार मूल्य ३ सयदेखि ४ सय बजार मूल्य पर्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस