काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने भएको छ । बीमा समितिले पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन निर्देशन दिएकाले उनीहरूले पनि यस्तो प्रणालीअनुसार वित्तीय विवरण बनाउनुपर्ने भएको हो ।
समितिले सोमवार पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका लागि छट्टुाछुट्टै निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो । अब पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूले एनएफआरएस प्रणालीअनुसार नै वार्षिक तथा त्रैमासिक वित्तीय विवरण बनाउनुपर्ने भएको छ । यो व्यवस्था चालू आर्थिक वर्षको साउनदेखि नै लागू हुनेछ । अब कम्पनीहरूले सार्वजनिक गर्ने त्रैमासिक तथा वार्षिक वित्तीय विवरण एनएफआरएस प्रणालीमार्पmत नै गर्नुपर्ने समितिको भनाइ छ ।
हाल बीमा कम्पनीहरूले नेपाल वित्तीय मान र बीमा समितिको वित्तीय विवरणसम्बन्धी निर्देशिका २०६४ अनुसार वित्तीय विवरण बनाउँदै आएका थिए । अब भने एनएफआरएस प्रणालीबाट नै बनाउनुपर्ने समितिको भनाइ छ । यद्यपि, बीमा समितिमा पेश गर्नुपर्ने वित्तीय विवरण भने वित्तीय विवरणसम्बन्धी निर्देशिका २०६४ अनुसार नै बनाउनुपर्ने छ । बीमा कम्पनीहरूले सार्वजनिक गर्न र बीमा समितिमा पेश गर्न छुट्टाछुट्टै वित्तीय विवरण बनाउनुपर्ने हुन्छ । संसद्मा विचाराधीन अवस्थामा रहेको बीमा विधेयक लागू भएपछि मात्र बीमा कम्पनीहरूले समितिमा पेश गर्ने र सार्वजनिक गर्दै दुवै वित्तीय विवरण एनएफआरएस प्रणालीबाट बनाउनुपर्ने हुन्छ ।
एनएफआरएस वित्तीय कम्पनीहरूले वित्तीय विवरण बनाउने एउटा अन्तरराष्ट्रिय प्रणाली हो । नेपालले इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्यान्डर्ड (आईएफआरएस)लाई ग्रहण गरेर नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड नाम राखेको हो । यसमार्फत वित्तीय विवरण प्रस्ततु गर्दा अन्तरराष्ट्रिय वित्तीय कम्पनी र नेपालको वित्तीय कम्पनीको अवस्था सहज रूपमा तुलना गर्न सक्ने बताइन्छ ।
नेपालमा यो प्रणाली भित्रिएको ३र४ वर्ष नै भइसकेको छ । तर, बीमा कम्पनीहरूमा भने यो व्यवस्था लागू भएको थिएन । पहिलो चरणमा आव २०७५र७६ मा वाणिज्य बैंकहरूमा मात्र यो व्यवस्था लागू गरिएको थियो । त्यसपछि अन्य वित्तीय संस्थाहरूमा लागू गर्दै अहिले बीमाक्षेत्रमा पनि यो प्रणाली भित्र्याइएको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हाललाई पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरूलाई मात्र यो व्यवस्था लागू गरिएको बताए । अब छिट्टै जीवन बीमा कम्पनीहरूका लागि पनि यो व्यवस्था लागू गरिने उनको भनाइ छ । ‘जीवन बीमा कम्पनीहरूका लागि पनि आवश्यक निर्देशिका बनाउने काम भइरहेको छ । अब छिट्टै त्यो पनि लागू हुनेछ,’ उनले भने । उनले अब एनएफआरएस प्रणालीबाट वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीहरूको वित्तीय विवरणसम्बन्धी द्विविधा पनि हट्ने बताए । ‘अहिले बीमा कम्पनीहरूको वित्तीय विवरणको संरचना नै फरकफरक जस्तो देखिन्छ । फलस्वरूप कहिलेकाहीँ एकअर्कामा तुलना गर्दा द्विविधा पनि हुन्छ,’ उनले भने, ‘तर, अब एउटै मोडेलमा बीमा कम्पनीहरूको वित्तीय विवरण बन्नेछ ।’ समग्रमा अब निर्जीवन बीमा कम्पनीहरूको वित्तीय प्रणालीमा एकरूपता आउने उनको विश्वास छ ।
एनएजली इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले तत्काल एनएफआरएस प्रणाली लागू गर्न व्यावहारिक रूपमा नै चुनौती रहेको बताए । ‘हामीले कम्पनीको पोर्टफोलियोलाई प्रचलित प्रणालीअनुसार तयार गरेका छौं । त्यही अनुसारको नै सफ्टवेयर रहेको छ,’ उनले भने, ‘अब एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण बनाउँदा हाल कायम पोर्टफोलियोलाई सेग्रिगेशन ९अलग–अलग० गर्नुपर्ने हुन्छ । सफ्टवेयर पनि अपग्रेड गर्नुपर्न देखिन्छ । फलस्वरूप यो प्रणाली लागू गर्न चुनौती छ ।’ यद्यपि, सफ्टवेयर अपग्रेड र पोर्टफोलियोको व्यवस्थापन गरेपछि भने एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउन सहज हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस