aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अब प्रेस प्रतिनिधि कार्ड हुलाक कार्यालयबाटै लिन पाईने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ मंसिर २०७७
अब प्रेस प्रतिनिधि कार्ड हुलाक कार्यालयबाटै लिन पाईने

काठमाडौं । सरकारले अब देशैभरका जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड लिन पाइने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताएका हुन् । 

उनले अब पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ । यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईएको उनले जानकारी दिए । 

सरकारको यो निर्णयले सञ्चारकर्मीलाई सहज हुने र प्रेस कार्डकै लागि काठमाडौंसम्म आउनुपर्ने बाध्यता हट्ने उनको विश्वास छ।  श्रमजीवी पत्रकारको हकहितको लागि आवश्यक सबै कानूनी प्रक्रिया पुर्‍याएरै कार्ड दिने व्यवस्था मिलाएको मन्त्री गुरुङले बताए। 

प्रतिक्रिया दिनुहोस