काठमाडौं । शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्थाअनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् ।
पाँच प्रतिशत ब्याजदरमा प्राप्त हुने यस्तो कर्जा दिन बैंकले नै चासो नदेखाएपछि युवाहरू पीडित बनेका हुन् । नुवाकोट स्थायी घर भएका बालाजु बस्ने नवीन पाठकले आफ्नो व्यवसाय विस्तार गर्न एनएमबी बैंकमा कर्जा लिन गए ।
एनएमबी बैंकले कृषि व्यवसाय गर्ने भए मात्रै कर्जा दिने भनेपछि उनी राष्ट्रिय वाणिज्य बैंक गए । गत चैतमा नवीनले राष्ट्रिय वाणिज्य बैंक बालाजु शाखाबाट कर्जाका लागि आवेदन दिए । उनको आवेदन नै बैंकले हराइदियो ।
पटक पटक बैंकमा धाएपछि बल्ल बल्ल फाइल खोजियो । तर, कर्जा भने दिइएन । आवेदन दिएको २१ दिनमा पाउनुपर्ने कर्जा ४र५ महिना हुँदा पनि नवीनले कर्जा पाएनन् । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख शिवप्रसाद चालिसेले कर्मचारी अभाव भएकाले कर्जा दिन ढिला भएको बताए ।आजको राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस