aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ मंसिर २०७७
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले मंसिर १८ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले बुधबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन् । 

बैठकले सामाजिक भत्ता पाउनुपर्ने र विगतमा पाएर पनि सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गर्न अध्यादेशमार्फत् ऐन संशोधन गरेको छ । अध्यादेशबाट विगतमा भत्ता पाएका तर २०७५ सालको ऐन जारी भएपछि भत्ताबाट बञ्चित भएका अपांग, एकल महिला र विदेशमा सेवा गरेर पेन्सन पाइरहेकाहरुलाई पनि भत्ता दिने बाटो खुलेको मन्त्री गुरुङले उल्लेख गरे । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले बंगलादेश सरकारबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृति दिइने निर्णय गरेको छ भने यातायात रुट इजाजत नवीकरणको म्याद नाघेर लागेको जरिवाना मिनाहा गर्ने र बहुवर्षीय ठेक्का मापदण्ड संशोधन गरेर ठेक्काको म्याद थप्ने र वागमती प्रदेशका ५ वटा अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए । 

यस्ता छन् निर्णयहरु

प्रतिक्रिया दिनुहोस