aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

अमेरिकाको शिक्षक संठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ मंसिर २०७७
अमेरिकाको शिक्षक संठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी

वासिङ्टन । अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ । राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले राष्ट्रिय शिक्षा सङ्घकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन । 

उनी गत सेप्टेम्बरसम्म पनि सो सङ्गठनको प्रमुखका रूपमा क्रियाशील थिए। निर्वाचनका बेला उहाँले वाइडेनलाई विशेष सहयोग गरेका थिए । उनका कारणले बाइडेनलाई पूर्व शिक्षामन्त्री तथा सिनेटको शिक्षा समितिको अध्यक्ष भएका लामर एलेक्जन्डरलगायत धेरैको भोट आएको विश्वास पनि गर्ने गरिएको छ ।

आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिनु भएको समाचारमा जनाइएको छ । शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले उनलाई शिक्षामन्त्री बनाउन उपयुक्त हुने सुझावहरू बाइडेनलाई आएको जनाइएको छ ।  

भावी राष्ट्रपति बाइडेनले पनि उनलाई शिक्षामन्त्री नियुक्तिका लागि पार्टीमा प्रस्ताव राखेका अधिकारीहरूले जानकारी दिएका छन् ।“उनको अनुभव, कार्यक्षमता, योगदान, राजनीतिक सम्पर्क तथा पहुँचलगायतका कारणले उनलाई शिक्षामन्त्रीमा नियुक्त गरेमा शिक्षा क्षेत्रमा राम्रो काम हुनसक्ने देखिन्छ,” २३ जनाले हस्ताक्षर गरेर सिफारिस गरेको पत्रमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस