
नेपालगन्ज चारबाहिनी चोक दक्षीण-पश्चिम लस्करै खाजा नास्ताका ठेला पसल छन् । ति मध्ये धर्मे बुडाक्षेत्रीको ठेला पसलमा दिउँसै 3 बजेज्को टन्टलापुर घाममा पनि अ खनेको ठेलमठेल छ ।
२५ वर्षसम्म भारतमा काम गरेका उनि हाल नेपालगन्जमा शान्ति म:म चाउमिन सेन्टर नामक आफ्नै नास्ता पसल चलाउँदै आएका छन् । सरदर दैनिक २५० जना ग्राहक उनकोमा खान आउने उनि बताउँछन्।
उनले आफ्ना छोरा-छोरीलाई त्यहींको कमाइले राम्रो बिद्यालयमा पढाईरहेका छन् । सम्पूर्ण खर्च कटाएर मासिक एक लाख रुपयाँ बचत हुने उनि बताउँछन् । मेहनत गरे आफ्नै देशमा पनि राम्रो कमाई गर्न सकिने भन्दै उनि अरुलाई पनि पैसा खर्च गरेर विदेश नजान सल्लाह दिन्छन् । आजको गोरखापत्रमा यो समाचार प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस