aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

खसी नदिएको झोँकमा शिक्षकको हत्या

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, २६ मंसिर २०७७
खसी नदिएको झोँकमा शिक्षकको हत्या

मोरङ । मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए। तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो। त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयको भनाइ छ।  

राष्ट्रिय मानवअधिकार आयोगको टोली स्थलगत अनुगमन गर्न गएको छ भने नेपाल मानवअधिकार संगठन काठमाडौंले घटनाको भत्र्सना गरेको छ।

विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिए पनि राम्रोसँग विकास भएको छैन। हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन्। ‘हामीले यहाँका नेता र सरकारसँग धेरै अघिदेखि सुरक्षाको माग गर्दै आएका थियौं। अहिलेसम्म यस क्षेत्रमा सुरक्षाको व्यवस्थापनका लागि चासो देखाएका छैनन्,’ स्थानीय भन्छन्, ‘त्यसैले हत्याजस्तो अपराध भएको छ।’  

मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ। ‘उहाँ ९राजेन्द्र श्रेष्ठ०ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’

उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्। श्रेष्ठ शिक्षक मात्रै थिएनन्, उनले समाजसेवीका रूपमा समेत आफूलाई स्थापित गरेका थिए। ‘रानो नै गएपछि यहाँको के हुन्छ रु अब विद्यालयको हालत के होला रु उहाँले जस्तो विद्यालय कसले सम्हाल्छ ?’ स्थानीय एक युवकले बताए।  

उक्त क्षेत्र पर्ने प्रदेशसभा सदस्य कुलप्रसाद सम्बाले त्यहाँका जनताले ठूलो तनाव र असुरक्षित महसुस गरिरहेको बताए। ‘घटनाअघि हामी त्यहाँ जाँदा सबै आउने, गफ गर्ने माहोल थियो, अहिले शून्यता छाएको छ। सडक विकासका क्रममा एक वर्षअघि तीनवटा एक्साभेटर जलाउँदा संघीय सरकारका गृहमन्त्रीकहाँ डेलिगेसन गएका थियौं र हामीले गृहमन्त्रीलाई नै भेटेर त्यस क्षेत्रमा सशस्त्र प्रहरीको बेस क्याम्प राख्नुपर्छ भनेका थियौं,’ प्रदेशसभा सदस्य सम्बाले भने, ‘यहाँको अवस्थाको प्रधानमन्त्रीदेखि लिएर प्रायः सबै मन्त्रीलाई थाहा छ। आज त्यो कुराको सुनुवाइ नहुँदा यहाँका जनता असुरक्षित भए। यसको जिम्मा सरकारले लिँदै श्रेष्ठलाई सहिद घोषणा गर्नुपर्छ। यो विप्लवले नै गतिविधि गरेको हो भने सरकारले कानुनबमोजिम कारबाही गर्नुपर्छ।’

१० वर्षे द्वन्द्वकालमा पूर्व–पश्चिम राजमार्गको उत्तरी सबै क्षेत्र तत्कालीन माओवादीको आधार इलाका थियो। त्यस इलाकामा सुरक्षाकर्मीको उपस्थिति रहँदैनथ्यो। त्यतिखेर मोरङको उर्लाबारी र बेलबारी प्रहरी कार्यालयबाहेक अन्य सुरक्षा निकायको तैनाथी थिएन। दुवै कार्यालयले उत्तरी मोरङको सुरक्षा अवस्था हेर्थे। माओवादीको सेना, पार्टीका सम्पूर्ण गतिविधि र योजना त्यहाँबाट यस क्षेत्रका लागि सञ्चालन हुन्थ्यो। त्यहाँ सैनिक तालिम सञ्चालन, पार्टीका योजना निर्माण, हतियार व्यवस्थापनलगायत गतिविधि हुने गथ्र्यो। त्यस ठाउँमा हुने अपराधका गतिविधि रोक्न स्थानीयको मागलाई पूरा गर्न सरकारी निकायले चासो नदेखाउँदा अप्रिय घटना भएको सांसद सम्बाले बताए।  

द्वन्द्वको समयमा लेटाङमा एउटा सैनिक ब्यारेक थियो भने ६ नम्बर बुधबारेमा एउटा संयुक्त रूपमा सेना, सशस्त्र र नेपाली प्रहरीको ब्यारेक थियो। त्यसबाहेक अन्य कुनै पनि ठाउँमा राज्य पक्षका सुरक्षाकर्मी थिएनन्। मोरङको ठूलो भिडन्त जाँतेमा हुँदासमेत धनकुटा, ताप्लेजुङ, पाँचथर र इलामबाट माओवादी सेना जंगललै जंगलको बाटो प्रयोग गरेर आएका थिए। उनीहरूलाई त्यस क्षेत्रमा सेल्टरका रूपमा प्रयोग गर्न भौगोलिक अवस्थाले ठूलो साथ दिएको थियो। उत्तरी मोरङमा निकै विकट, सडकलगायत अन्य कुनै कुराको पहुँच नहुँदा माओवादीलाई आफ्ना गतिविधि सञ्चालन गर्न धेरै सहज भएको स्थानीयको भनाइ छ।  

प्रधानाध्यापक हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजीका लागि नेपाल प्रहरीले विशेष ‘सर्च अप्रेसन’ थालेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले श्रेष्ठको हत्या गरेको स्वीकार गर्दै मंगलबार राति विज्ञप्ति जारी गरेको छ। विप्लव समूहको मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टीविरुद्ध सुराकी गरेको आरोपमा हत्या गरिएको हो। हाम्रो पार्टीका गतिविधिको सुराकी गर्दै सूचना दिएको, ब्युरो सदस्य बसेको सूचना दिएर पक्राउ गराएको र बारम्बार सच्चिनका लागि भन्दा पनि नमानेकाले हत्या गरिएको हो।’

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि श्रेष्ठको परिवारले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। घरैबाट अपहरण गरेर जंगलमा पुर्‍याएपछि विप्लव समूहको टोलीले श्रेष्ठको हत्या गरेको हो। शव भेटिएभन्दा केही वर मोबाइल, टोपी, लुगा, चप्पल र भुइँमा रगत लटपटिएको भेटिएकाले सोही ठाउँमा घाँटी बाँधेर, थिचेर, रेटेर र लट्ठी ९हरियो र सुकेको० ले प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्यापछि शव झाडीभित्र फालेको हुन सक्ने अनुमान गरेको छ।  

‘घटना भएको थाहा पाएलगत्तै सुरक्षाकर्मी गयौं,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘अहिले अर्का डिएसपीको कमान्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी घटनाको अनुसन्धान गरिरहेका छौं। गाउँको सुरक्षाका लागि दुवै प्रहरीका टोली खटिएका छन्। त्यस इलाकामा ‘सर्च अप्रेसन’ थालेका छौं। त्यहाँबाट बाहिरिने अन्य जिल्लाका नाकामा समेत प्रहरी परिचालन गरी निगरानी बढाएका छौं।’  

प्रतिक्रिया दिनुहोस